कुमारी बैंकले १५ लाख कित्ता सेयर बिक्री गर्दै

  २०८० जेठ १२ गते ८:१८     विकासन्युज

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको झण्डै १५ लाख कित्ता सेयर बिक्री गर्ने भएको हो ।

साविक नेपाल क्रेडिट एण्ड कमर्स बैंकको संस्थापक समूहको झण्डै १४ लाख ८३ हजार ३७८ कित्ता सेयर बिक्री गर्ने बैंकले जनाएको छ ।

बैंकले उक्त संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ११० रुपैयाँ तोकेको छ । सो सेयरमा जेठ १९ गतेसम्म आवेदन पेश गर्नु पर्ने बैंकले बताएको छ ।

बैंकको सेयर बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.