डा. ढाकाकुमारको रिटमा अन्तरिम आदेश खारेज, विन्दावासिनी नै बन्ने भइन् सांसद

  २०८० जेठ ११ गते १८:४८     विकासन्युज

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका पुर्व सांसद ढाकाकुमार श्रेष्ठको रिटमा जारी भएको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

सर्वोच्च अदालतले बुधबार दुवै पक्षको बहस सुनेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ ‘घुस’ मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका श्रेष्ठको रिटमा यसअघि जारी भएकाे अल्पकालीन अन्तरिम आदेश खारेज गरेको हो ।

दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि समानुपातिक सांसद श्रेष्ठलाई रास्वपाले कारबाही गरेको थियो । कारबाहीपछि सांसद पद गुमाएका श्रेष्ठ सर्वोच्च पुगेका थिए ।

रास्वपाले श्रेष्ठको ठाउँमा एसिडपीडित विन्दावासीनी कंसाकारलाई सांसद नियुक्त गर्न सिफारिस गरेको थियो । निर्वाचन आयोगले कंसाकारलाई सांसद मनोनयन गरिएको जानकारी गराए पनि सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशका कारण उनको शपथ रोकिएको थियो ।

सर्वोच्चले यसअघिको अल्पकालीन अन्तरिम आदेश खारेज गरिदिएपछि कंसाकारलाई शपथ गराउने बाटो खुलेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.