सानिमा जीआईसीले पुनर्बीमा कमिशनबाटै कमायो ६३ प्रतिशत बढी, अधिकांशको बढ्दा ५ कम्पनीको घट्यो

  २०८० जेठ ११ गते १३:२८     विकासन्युज

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाटै ६३.५७ प्रतिशत बढी आम्दानी गरेको छ । साविकको सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्ज भई बनेको सो कम्पनीले गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा उक्त शीर्षकमा सो मात्राको वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ मा १३ करोड ७८ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्ममा २२ करोड ५४ लाख रुपैयाँ बराबरको पुनर्बीमा कमिशन आर्जन गरेको छ ।

यसपछि प्रतिशतको आधारमा सबैभन्दा बढी पुनर्बीमा कमिशन संकलन गर्नेमा साविकको प्रुडेन्सियल इन्स्योरेन्स रहेको छ । जसले समीक्षा अवधिमा पुनर्बीमा कमिशनमा २७.२७ प्रतिशतले वृद्धि गरी १५ करोड २६ लाख रुपैयाँ कमाएको छ ।

त्यस्तै, राष्ट्रिय बीमा कमपनीले १३.१० प्रतिशत, ओरियन्टलले ६.५४ प्रतिशत, युनाइटेडले ४.५१, सिद्धार्थ प्रिमियरले ४.३१ प्रतिशत, आइएमई जनरलले ४.२४ प्रतिशत, प्रभुको ४ प्रतिशत, अजोड इन्स्योरेन्सले २.७० प्रतिशत र नेकोले १.७५ प्रतिशतले पुनर्बीमा कमिशन बढाएका छन् ।

रकमको आधारमा सबैभन्दा बढी पुनर्बीमा कमिशन संकलन गर्नेको सूचीमा शिखर इन्स्योरेन्स छ । जसले समीक्षा अवधिमा ४८ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले घटी हो । इन्स्योरेन्सले गत आवको सोही अवधिमा ४९ करोड ८० लाख रुपैयाँ कमिशन आर्जन गरेको थियो ।

त्यस्तै, सबैभन्दा बढी पुनर्बीमा कमिशन संकलन गर्नेको दोश्रोमा एनएलजी र तेश्रोमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स रहेका छन् । यी कम्पनीको क्रमशः २५ करोड ५४ लाख र २५ करोड १९ लाख रुपैयाँ बराबरको पुनर्बीमा कमिशन संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा भने क्रमशः ७.०३ र १५.०१ प्रतिशतले घटी हो ।

पुनर्बीमा कमिशन घट्नेको सूचीमा शिखर, एनएलजी, सगरमाथा लुम्बिनीसहित हिमालयन एभरेष्ट र नेपाल इन्स्योरेन्स रहेका छन् । समीक्षा अवधिमा हिमालयन एभरेष्ट र नेपाल इन्स्योरेन्सले क्रमशः १३.७९ प्रतिशत र ३.७६ प्रतिशतले पुनर्बीमा कमिशन आय घटेको छ ।

पुनर्बीमा कमिशनबाट सबैभन्दा कम रकम आम्दानी गर्नेको सूचीमा ओरियन्टल इन्स्योरेन्स रहेको छ । गत २०७८ चैतमा ९ करोड ४८ लाख रुपैयाँ कमाएको उक्त इन्स्योरेन्सले २०७९ चैतमा १० करोड १० लाख रुपैयाँ पुनर्बीमा कमिशन आर्जन गरेको छ । जुन प्रतिशतको आधारमा ६.५४ प्रतिशतले बढी हो ।

समग्रमा मर्जपछि बनेका कम्पनी, मर्जरको क्रममा रहेका कम्पनीसहित मर्जरमा नगएका कूल १५ वटा कम्पनीले कूल ३ अर्ब २ करोड ७६ लाख रुपैयाँ बराबरको पुनर्बीमा कमिशनबाट आम्दानी गरेका छन् । जुन २.२७ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा भने कम्पनीहरुले उक्त शीर्षकमा २ अर्ब ९६ लाख ४ हजार रुपैयाँ कमाएका थिए ।

कुनको कति बढ्यो/घट्यो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.