स्टुडेन्ट भिसामा विदेश जान चाहनेले कस्तो सीप सिकेर जाँदा राम्रो हुन्छ ?

  २०८० जेठ ११ गते १६:३९     विकासन्युज

काठमाडौं । पछिल्ला वर्षहरुमा कक्षा १२ को पढाइ सकिएपछि विदेश जाने विद्यार्थीहरुकाे संख्या बढेकाे छ । विदेश गएर पढ्ने कमाउने विषयमा लाखौं नेपाली विद्यार्थीहरुको आकर्षण पनि देखिन्छ । चालू आर्थिक वर्षको नौ महिना अर्थात चैत मसान्तसम्म ८१ हजार पाँच सय विद्यार्थीले पढाइका लागि विदेश जाने अनुमतिपत्र (नो अब्जेक्शन लेटर- एनओसी) विद्यार्थीले लिएका छन् । विगतका वर्षहरुको तुलनामा पछिल्ला वर्षहरुमा एनओसी लिने विद्यार्थीको संख्यमा वृद्धि हुँदै गएको छ ।

सामान्यतया अध्ययनको लागि विदेश जाने धेरै विद्यार्थीहरु ती मुलुकमा पढ्दै कमाउँदै गर्न सकिने अपेक्षा राखेर गएका हुन्छन् । नेपालबाट विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुको प्रवृत्तिलाई हेर्दा उनीहरुको पहिलो रोजाई अस्ट्रेलिया, जापान, युके, अमेरिका, न्युजिल्यान्ड लगायतका देशहरुमा देखिन्छ । ती मुलुकहरुमा अध्ययन गर्न जानको लागि निश्चित भाषा परीक्षामा तोकिएको अंक ल्याउनुपर्ने व्यवस्था त छँदैछ त्यसको अलावा खासगरी पढ्दै कमाउने अपेक्षा राखेर विदेश जाने विद्यार्थीहरुले कस्तो सीप सिकेर जाँदा उनीहरुलाई सहज हुन्छ ?

अल्फाबिटा एजुकेसन कन्सल्टेन्सीका अध्यक्ष तथा सञ्चालक द्विराज शर्माले अमेरिका बाहेक अस्ट्रेलिया, युके, क्यानडा लगायतका मुलुकमा विद्यार्थीले पढ्दै गर्दा काम पार्ट टाइम काम पाउने हुँदा केही कामहरु सिकेर जाँदा सहज हुने बताएका छन् । शर्माले विदेशमा विद्यार्थीहरुले खासगरी कफी बनाउन, क्लिनिङ गर्न, वेटर गर्न, आइटी लगातका क्षेत्रमा काम पाउने हुँदा सो सम्बन्धी तालिम लिएमा उनीहरुलाई सहज उनको शर्माको भनाइ छ ।

‘अन्डरग्रयाजुएटको विद्यार्थीले विदेशी मुलुकमा गएर गर्ने भनेको कफीसप, बेकरी, कुकिङ, क्लिनिङ, सेक्युरीटी गार्ड लगायतका क्षेत्रमा हो’, उनले भने, ‘यदि उनीहरुको स्कुलको अध्ययन एकदमै राम्रो छ भने उनीहरुले आइटीको कोडिङ गर्ने काम पनि पाउन सक्छन् ।’ मास्टर्स पढ्न जाने विद्यार्थीहरुसँग क्षमता हुने भएकाले उनीहरुले ती मुुलुहरुमा नै गएर अध्यापन गर्ने सम्बन्धी सर्टिफिकेट लिएर काम शुरु गर्न सक्ने शर्माले बताए ।

पछिल्लो समयमा अस्ट्रेलियामा कन्सल्टेन्सी धेरै खुलेकोले विद्यार्थीहरुले कन्सल्टेन्सीहरुमा परामर्श दिने पनि काम पाउन सक्ने शर्माको भनाइ छ । त्यसको लागि विद्यार्थीले नेपालमा नै तालिम लिएर सर्टिफाइड भएर जानसक्ने उनले बताए ।

‘ती देशहरुमा कफी बनाउने, क्लिनिङ गर्ने, टायल लगाउने जस्ता कामहरुमा धेरै पैसा हुन्छ, जुन काम अस्ट्रेलियन मान्छेहरुले कम गर्छन्’, उनले भने, ‘यहाँ काम सिकेर गएको विद्यार्थीले त्यहाँ गएर काम गरेपछि केहि समयमा नै सर्टिफिकेट पाउँछ, सर्टिफिकेट र तालिम हुनु र नहुनुमा पनि फरक पर्छ नी त ।’

त्यस्तै, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपालका कोशाध्यक्ष अनिल शर्मा पौडेलले जापानमा अन्डरग्रयाजुएट अध्ययन गर्न चाहने विद्यार्थीहरुले भाषा अध्ययन गरेर जानुपर्ने तर काम भने त्यहीँ गएर नै सिक्नुपर्ने बताउँछन् । उनले विद्यार्थीलाई पार्ट काम दिने जापानको कम्पनीले शुरुको समयमा तालिम दिएर नै काम गर्न लगाउने हुँदा काम सिकेर जान नपर्ने उनको भनाइ छ ।

‘भाषा मात्रै राम्रोसँग पढे हुन्छ, त्यहाँको कम्पनीले काम लगाउँदा एक महिना आँफै तालिम दिन्छ, चाहे उसलाई काम गर्न सबै आओस वा नआओस, उसलाई शुरुदेखि नै सिकाइ सहित काममा लगाउँछ’, शर्माले भने । रेष्टुरेन्टमा नै काम गर्दा पनि तरिका र परिकारमा फरक हुने भएकाले तालिमको काम नहुने उनी बताउँछन् ।

तर, आइटी सेक्टरमा काम गर्ने क्षमता भएको विद्यार्थीले भने त्यहाँको मापदण्डअनुसार भाषाको कोर्ष पूरा गर्ने वित्तिकै काम गर्ने भिसा प्राप्त गर्नसक्ने उनले बताए । ‘यदि आइटीमा पर्फेक्ट छ र उ भाषामा १.३८ देखि १.२८ सम्मको भाषामा जाँदा उसले भाषा सक्ने वित्तिकै उसले वर्किङ भिसामा आवेदन गर्नेवित्तिकै प्राप्त गर्नसक्छ’, उनले भने, ‘आइटी, मेकानिकल, अटोमोबाइल, केयर नर्सिङ जस्ता प्राविधिक क्षेत्र धेरै राम्रो छ ।’

त्यस्तै, डाइरेक्सन एजुकेसन कन्सल्टेन्सीका सञ्चालक शिबु रानाले युके कफी, पिज्जा, बेकरी बनाउन, हाउस किपिङ लगायतका काम सिकेको र कार तथा बाइक ड्राइभिङको लाइसेन्स भएमा विद्यार्थीहरुलाई आफ्नो पढाइसँगै पार्ट टाइम काम गर्न सजिलो हुने बताउँछन् । नेपालको ड्राइभिङ लाइसेन्स भएमा युके लगायतका केही मुलुकमा एकवर्ष सम्म काम गर्न सकिने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.