तोलामा १ हजारले घट्यो सुनको मूल्य

<p>काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो । नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार [&hellip;]</p>

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको हो ।

नेपाली सुनचाँदी व्यवसायीका अनुसार आज घटेको मूल्य अनुसार छापावाल सुनको मूल्य तोलामा १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, नेपाली बजारमा आज चाँदीको मूल्य १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Share News