सूर्यज्योति लाइफको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त

  २०८० जेठ ११ गते ११:०३     विकासन्युज

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालक समितिको अध्यक्षमा केशव प्रसाद भट्टराई नियुक्त भएका छन् ।

सुर्या लाइफ इन्स्योरेन्स कम्पनी तथा ज्योति लाइफ इन्स्योरेन्स कम्पनी एकआपसमा गाभिई २०७९ पौष ७ गते देखि सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार संचालन गरेको कम्पनीको अध्यक्षमा भट्टराई नियुक्त भएका हुन् ।

उक्त कम्पनीको जेठ ४ गते पन्ध्रौं वार्षिक साधारणसभाले सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह ‘क’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक र सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरुको निर्वाचन समेत सम्पन्न गरेको थियो ।

संस्थापक शेयरधनी समुह ‘क’ बाट केशव प्रसाद भट्टराई, नन्द किशोर शर्मा तथा विवेक झा निर्वाचित भएका थिए भने सर्वसाधारण शेयरधनी समूह ‘ख’ बाट हेमन्त नाहटा, आकाश गोल्छा तथा प्रिया तायल निर्वाचित भएका हुन् । साथै कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियूक्त भएका हुन् ।

त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको संचालक समितिका जेठ ४ गते अपरान्ह बसेको ३४९ औंं बैठकबाट केशव प्रसाद भट्टराईलाई कम्पनीको अध्यक्ष पदमा चयन गर्ने सर्वसम्मत निर्णय भई जेष्ठ १० गतेका दिन नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।

उक्त सपथ ग्रहणका अवसरमा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल तथा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीको समेत उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.