विद्युत् उत्पादन कम्पनीले माग्यो सीईओ, कति चाहिन्छ योग्यता ?

  २०८० जेठ ११ गते ९:३०     विकासन्युज

काठमाडौं । विद्युत उत्पादन कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि विज्ञापन आह्वान गरेको छ । कम्पनीले एक सूचना प्रकाशन गरी १५ दिनभित्र सीईओ पदका लागि दरखास्त आह्वान गरेको हो ।

कम्पनीको सीईओ बन्न इन्जिनियरिङ विषयमा स्नातकोत्तर गरेको र इन्जिनियरिङ विषयमा स्नातकपछि जलविद्युत क्षेत्रमा कम्तीमा ४ चार वर्षको काम गरेको सहित पूर्वाधार क्षेत्रमा कम्तीमा १२ वर्षको कार्य अनुभव हुनु पर्नेछ । साथै, अन्य पूर्वाधार क्षेत्रको कम्तीमा २ वर्षको कार्य अनुभवसहित मान्यता प्राप्त विश्वविद्यालयबाट सम्बन्धत प्राप्त शैक्षिक संस्थामा सम्बन्धित क्षेत्रमा पूर्णकालीन अध्यापन वा अध्ययन अनुसन्धानको अनुभवसहित कम्तीमा १२ वर्षको अनुभव भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।

४० वर्ष पूरा भई ६१ वर्ष ननाघेको पुगेका नेपाली नागरिकले दरखास्तसँगै बायोडाटा र व्यवसायिक रणनीति कार्ययोजना पेश गर्न कम्पनीले आग्रह गरेको हो । विद्युत् उत्पादन कम्पनी लिमिटेडको सीईओको पदावधि नियुक्ति मितिले ४ वर्षको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.