एशियन हाइड्रोपावरको साधारण सभा आह्वान, के के छन् एजेण्डा ?

  २०८० जेठ ११ गते ७:५०     विकासन्युज

काठमाडौँ । एशियन हाइड्रोपावर कम्पनीले चौंथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको जेठ १० गते बसेको बैठकले जेठ ३२ गते बिहान ११ बजे द इन्ट्रान्स क्याफे ललितपुरमा साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षको आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

यस्तै, कम्पनीको सर्वसाधारण समूहका सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना सञ्चालकको निर्वाचन गरिनेछ । यस्तै, कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ जेठ १९ गते एक दिनका लागि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले जेठ १८ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभामा सहभागि हुन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.