२०८० जेठ ११ गते ७:१७ विकासन्युज
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिमार्जन भएको छ । कम्पनीको संस्थापक सेयर सर्वसाधारण सेयरमा परिमार्जन भएको हो ।
कम्पनीको संस्थापक समूहको २ लाख २७ हजार ७५०.५० कित्ता सेयर सर्वसाधारण समूहमा परिमार्जन भएको जनाएको छ । यससँगै कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ ।
यसअघि कम्पनीमा संस्थापक समूहको ५२.३२ प्रतिशत र सर्वसाधारण समूहको ४६.६८ प्रतिशत सेयर स्वामित्व रहेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.