२०८० जेठ ११ गते ७:१३ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बुधबार छिमेक लघुवित्त र युनाइटेड मोदी हाइड्रोपावरको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
छिमेक लघुवित्तको २२ प्रतिशत बोनस वापतको ५१ लाख १३ हजार २० कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २२ प्रतिशत बोनस सेयर र ३.२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
यस्तै, युनाइटेड मोदी हाइड्रोपावरको ७ प्रतिशत बोनस वापतको ८ लाख ५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.