२०८० जेठ ११ गते ७:०३ विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा विभिन्न २ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले नेशनल लाइफ इन्स्योरेन्स र प्रभु लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो ।
यी दुई इन्स्योरेन्स कम्पनीले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । नेप्सले समायोजन गरेको मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।
नेशनल लाइफ इन्स्योरेन्सको ८ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ६०१.६७ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ६४९.८० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
यस्तै, प्रभु लाइफ इन्स्योरेन्सको ८ प्रतिशत प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता ४२८.५ रुपैयाँ कायम हुनेगरी मूल्य समायोजन गरेको हो । बुधबार कम्पनीको सेयर प्रतिकित्ता ४७० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.