२०८० जेठ १० गते १५:१७ विकासन्युज
काठमाडौं । बुधबार पनि सेयर बजार बढेको छ । नेपाल स्टक एक्सेचेन्जको अनुसार बुधबार सेयर बजार बढेर १९५९.१२ विन्दुमा पुगेको छ ।
बजार यसरी बढ्दा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा आत्मानिर्भर लईुवित्त वित्तिय संस्था र युनिलिभर नेपाल लिमिटेड रहेको छ ।
सकारात्मक सर्किट लाग्दा आत्मानिर्भर लघुवित्तको सेयरधनीले प्रतिकित्ता १३६.६० रुपैयाँ कमाएका छन् भने युनिलिभर नेपालका सेयरधनीले प्रतिकित्ता दुई हजार ७९० रुपैयाँ कमाएका छन् ।
आज ४८ लाख ६५ हजार कित्ता सेयर किनबेच हुँदा एक अर्ब ८७ करोड रुपैयाँको कारोबार भएको छ । जसमा सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको १४ करोड रुपैयाँको भएको छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.