स्वावलम्बन लघुवित्तमा संस्थापकको १३ लाख कित्ता सर्वसाधारणमा परिवर्तन

  २०८० जेठ १० गते १०:३८     विकासन्युज

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर संरचना परिवर्तन भएको छ । लघुवित्तको संस्थापक सेयर र सर्वसाधारण सेयरको पूँजी संरचनामा परिवर्तन गरेको हो ।

लघुवित्तको हालसम्म सूचीकृत कूल १ करोड २९ लाख ४ हजार ९५५ कित्ता सेयरमध्ये संस्थापक र सर्वसाधारण समूहको सेयर हिस्सा ७०:३० प्रतिशत कायम रहेको थियो । सो सेयरलाई परिवर्तन गर्न सम्पूर्ण प्रक्रिया पुरा गरी संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत कायम गरेको लघुवित्तले जनाएको छ ।

लघुवित्तमा संस्थापक समूहको १२ लाख ९० हजार ४९६ कित्ता सेयर सर्वसाधारण सेयर समूहमा अभिलेख गरिएको लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.