आजदेखि सम्पदा बस सञ्चालनमा आउने

  २०८० जेठ ९ गते ८:१८     विकासन्युज

काठमाडौं । नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिए ।

पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको उनले बताए । विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा रहेको उनको भनाइ छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो ।

बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ ।

‘२ वटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ, केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.