आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परे : अध्यक्ष केसी

  २०८० जेठ ८ गते १६:१३     विकासन्युज

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका छन् । सोमबार नेपाल बैंकर्स संघले गरेको पत्रकार सम्मेलनमा उनले अहिले करिब आधा दर्जन बैंक क्यापिटल एडुकेसीको चापमा परेको बताएका हुन् ।

उनका अनुसार चार वटा बैंक भने क्यापिटल एडुकेसीको ठूलो मारमा छन् । उनले अहिले औसतमा बेसरेट १०.२७ प्रतिशत रहेको र ब्याजदर अझै घट्ने क्रममा रहेको बताए । असारको अन्तमा ४ प्रतिशत स्प्रेडदर कायम गर्दा कर्जाको ब्याजर पनि घट्ने उनी बताउँछन् ।

‘यो वर्ष ३ खर्ब निक्षेप बढेको छ, कर्जाको तुलनामा निक्षेप बढेको छ, तरलता पनि सहज हुँदै गइरहेको छ, अझैं  २ सय अर्ब बढ्न सक्छ, कर्जा पनि बढ्ने अनुमान छ,’ उनले भने ।

सरकारको खर्च बढ्न सके बैंकिङ उद्योग सहज हुने अध्यक्ष केसी बताउँछन् । यस वर्ष आर्थिक गतिविधि कम भएको कारण केही असर पर्न सक्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.