तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ : बैंकर्स संघ

<p>काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर अझै घट्ने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले ब्याजदर अहिले पनि घट्दो क्रममा रहेको र अझै घट्ने बताएको छ । संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले ब्याजदर अझै घट्ने बताए । &#8216;अर्थतन्त्रका विभिन्न सूचकहरु सुधारको दिशामा छन्, निक्षेप पनि बढ्दै गइरहेको छ, तरलता सहज हुँदैछ, [&hellip;]</p>

काठमाडौं । नेपाल बैंकर्स संघले ब्याजदर अझै घट्ने बताएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर संघले ब्याजदर अहिले पनि घट्दो क्रममा रहेको र अझै घट्ने बताएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल शर्माले ब्याजदर अझै घट्ने बताए । ‘अर्थतन्त्रका विभिन्न सूचकहरु सुधारको दिशामा छन्, निक्षेप पनि बढ्दै गइरहेको छ, तरलता सहज हुँदैछ, ब्याजदर अझै घट्छ,’ उनले भने ।

उनले सरकारको खर्च बढ्दा निक्षेप बढ्ने आशा रहेको बताए । तरलता सहज अवस्थामा रहेको र कर्जाको तुलनामा निक्षेपको दर बढेको उनी बताउँछन् ।

Share News