सानिमा बैंक अब लमजुङ्गको बेसीशहरमा

<p>काठमाडौं । सानिमा बैंकले लमजुङ्गको बेसीशहरमा सेवा विस्तार गरेको छ । बैंकले सोमबार लमजुङ्गको त्रिवेणी शहरमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो । उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरेका थिए । उक्त [&hellip;]</p>

काठमाडौं । सानिमा बैंकले लमजुङ्गको बेसीशहरमा सेवा विस्तार गरेको छ । बैंकले सोमबार लमजुङ्गको त्रिवेणी शहरमा शाखा स्थापना गरी बैंकिङ्ग सेवा विस्तार गरेको हो ।

उक्त शाखा कार्यालयको समुद्घाटन ब्रान्ड प्रवद्र्धक कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरेका थिए ।

उक्त समारोहमा मह जोडीले लमजुङ्गको बेसीशहरमा सानिमा बैंकको कार्यालय संचालनमा आएकोमा बैंकलाई बधाई दिएका थिए ।

त्यसैगरी,  बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे ।

बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटिएम संचालनमा रहेका छन् ।

Share News