मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘आरोगिन हेल्थ केयर’ मा ४५ प्रतिशत छुट

  २०८० जेठ ८ गते १३:१४     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकलाई काठमाडौंको ‘आरोगिन हेल्थ केयर’ मा विशेष छुट दिने भएको छ । बैंकले ग्राहकलाई थप सेवा दिन विशालनगरमा स्थित हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।

उक्त सम्झौता अनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले हेल्थ केयरमा विभिन्न सेवा सुविधामा विशेष ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

हेल्थ केयरले प्रदान गर्ने सेवाहरुमा कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाह सँगै अन्य विभिन्न सुविधाहरु रहेको छ ।

साथै, बैंकले बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटर्वकमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.