२९ औं वर्षमा महालक्ष्मी विकास बैंक, विभिन्न सामाजिक कार्य गरी मनायो वार्षिकोत्सव

  २०८० जेठ ७ गते १९:४३     विकासन्युज

काठमाडाैं । महालक्ष्मी विकास बैंकले २९ औं वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्ना १०३ वटा शाखाहरुमा विभिन्न सामाजिक हितका कार्यक्रम गरी आफ्नाे वार्षकाेत्सव मनाएकाे छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २९ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेकाे छ । केन्द्रिय कार्यालयमा दरबारमार्ग शाखाको सक्रियतामा बैंकले शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न गरेकाे हाे ।

त्यस्तै, बैंककाे शाखा, प्रादेशिक तथा केन्द्रिय कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरताका निम्ति प्रभातफेरी कार्यक्रम सम्पन्न गरेकाे छ । उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः जस्तै मोवाईल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो ।

बैंके यही अवसरमा कर्पोरेट क्रिक्रेटको दोश्रो श्रृङखला (महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२३, श्रृङखला २) जेठ २०, २१ र २२ गते सञ्चालन गर्ने भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.