सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीलाई चिरायु हस्पिटलमा छुट

  २०८० जेठ ७ गते १८:५५     विकासन्युज

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्टिस्टच्यूटबीच सम्झौता भएको छ । बैंक र हस्पिटलबीच बैंकका ग्राहक, कर्मचारी र कर्मचारीलाई हस्पिटलको विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।

सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ र चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूटको तर्फबाट निर्देशक संजिव राजभण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार चिरायु नेशनल हस्पिटल तथा मेडिकल इन्स्टिच्यूट प्रा। लि ले बैंकका ग्राहक महानुभाव, कर्मचारी तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका बेड चार्ज, डायगोनेस्टिक प्रोस्डियर, फार्मेसी एनड हेल्थ प्याकेज सेवा लगायतका माग अनुसारका अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरिकाबाट प्रदान गर्नेछ ।

स्वास्थ्य चेक जाँचमा बैंकका ग्राहकहरुलाई १५ प्रतिशत छुटका साथ उपलब्ध गराइने व्यहोरा सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.