बैंक तथा वित्तीय विषयमा छुट्टै पाठ्यक्रम निर्माण गर्न सिबिफिनले गर्यो सम्झौता

  २०८० जेठ ७ गते १६:००     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय विषयमा छुटै पाठ्यक्रम निर्माण गर्न सिबिफिन र पूर्वाञ्चल विश्वविधालयबीच सम्झौता भएको छ । सम्झौता अनुसार दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादन एवं उपयोगका लागि लागि अन्तर्राष्ट्रियस्तरको पाठ्यक्रम निर्माण गरी लागू गरिने भएको हो ।

उक्त सम्झौतामा सिबिफिनकोतर्फबाट अध्यक्ष पवनकुमार गोल्यान र पूर्वाञ्चल विश्वविद्यालयकोतर्फबाट उपकुलपति प्रा।डा। यादवराज कोइरालाले हस्ताक्षर गरेका छन् ।

नेपालको बैंकिङ क्षेत्रमा देखिएको वर्तमान आवश्यकता, बजारमा उपलब्ध मानवीय पूँजीको समग्र अवस्था, आम विद्यार्थीहरुको बैंकिङ क्षेत्रप्रतिको आकर्षण एवं आकांक्षालाई मध्यनजर गर्दै आवश्यक दक्ष एवं प्रतिस्पर्धी मानवीय पूँजीको उत्पादनमा गर्ने उक्त सम्झौता गरिएको सिबिफिनले जानकारी दिएको छ ।

सिबिफिनले शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग र श्रमलाई व्यवहारिकतारउत्पादनसँग जोड्दै राष्ट्रिय एवं अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा गर्ने उक्त पाठ्यक्रम निर्माण गर्ने लागिएको बताएको छ ।

उक्त सम्झौताले बैंकिङ बजारको आवश्यकताको परिपूर्ति मात्र नभइ स्तरीय शिक्षाका लागि ठूलो धनराशीलाई रोक्दै शिक्षाका लागि विदेशी विद्यार्थीलाई आकर्षित गर्न र नेपाललाई शैक्षिक पर्यटनकोरुपमा विकास गर्न पनि यस संम्झौताको कार्यान्वयनले महत्वपूर्ण टेवा पुग्ने सिबिफिनका अध्यक्ष पवनकुमार गोल्यानले बताए ।

त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा।डा। यादवराज कोइरालाले निर्माण हुने पाठ्यक्रम पूर्वाञ्चल विश्वविद्यालयमा लागू गर्ने बताएका छन् ।

उक्त पाठ्यक्रमले बैकिङ क्षेत्रका व्यवहारिक विषयहरुमा ज्ञान दिनुका साथै विश्वस्तरमै प्रतिस्पर्धा गर्न सक्ने सक्षम जनशक्तिको उत्पादनमा ठोस योगदान पुग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.