८० रुपैयाँले घट्यो खाने तेलको मूल्य, उपभाेक्ता मूल्य प्रतिलिटर १९०

  २०८० जेठ ७ गते १५:२२     विकासन्युज

काठमाडौं । बजारमा तेलको मूल्य घटेको छ । पछिल्लो समय विभिन्न वस्तुको मूल्य बढिरहेको बेला तेलको मूल्य भने घटेको हो ।

नेपाल चामल, दाल, तेल उद्योग संघका पूर्व अध्यक्ष कुमुद कुमार दुगडले खाने तेलको मूल्य घटेको बताएका छन् । दुगडले गत महिनाको वर्षकाे खानेतेलको मूल्य करिब ३० प्रतिशतले घटेको बताएका हुन् । ताेरीकाे तेलको मूल्य प्रतिलिटर ८० रुपैयाँले घटेको उनले बताए ।

दुगडका अनुसार तोरी तेलको मूल्य घटेर प्रतिलिटर १९० रुपैयाँ कायम भएको छ । यसअघि प्रतिलिटर खानेतेलको मूल्य २७० रुपैयाँसम्म पर्नेमा अहिले घटेर सो मूल्य कायम भएको उनको भनाइ छ ।

‘नेपालमा पहिला तोरी तेलको मूल्य बढेर प्रतिलिटर २७० रुपैयाँ पुगेको थियो, अहिले घटेर १९० कायम भएको छ, यसले उपभोक्ताई केही सहज भएको छ,’ उनले भने ।

यसअघि व्यवसायीहरुले प्रतिब्यारेल ११ सय डलरमा तेल आयात गर्ने भएपनि अहिले ७ सय रुपैयाँमा आयात गर्ने उनको भनाइ छ । भारत लगायतका देशहरुमा तेलको मूल्य घट्दा नेपालमा पनि घटेको उनको भनाइ छ ।

रसिया र युक्रेन वारले खाने तेलकाे मूल्यमा उच्च वृद्धि भएकाे छ ।  अहिले अन्तराष्ट्रिय बजारमा तेलकाे मूल्य घटेकाे छ । माग र आपूर्तिको कारण मूल्यमा उचार चढाव हुने भएकोले मूल्य अझै घटन सक्ने उनले बताए ।

यस्तै, नेपाल चामल तेल उद्योग संघका अध्यक्ष सुबोध कुमार गुप्ताले आगामी दिनमा तेलको मूल्य थप सस्तो हुने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.