२०८० जेठ ५ गते १७:४९ विकासन्युज
काठमाडौं । सरकारले ५ लाखलाई रोजगारी दिने गरी कार्यक्रम घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार’ कार्यक्रम घोषणा गरेका हुन् ।
यस अभियान अन्तर्गत आगामी २ वर्षभित्र ५ लाखलाई आन्तरिक रोजगार श्रृजना गर्ने गरी निजी क्षेत्रसँगको सहकार्यमा राष्ट्रिय सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गरिने उनले बताए ।
साथै, उत्पादनसँग प्रत्यक्ष जोडिने रोजगार र उद्यमशीलतासँग सम्बन्धीत संस्थाको कोष तथा कार्यक्रमहरुलाई एकीकृत गरिने उनको भनाइ छ ।
Copyright © 2023 Bikash Media Pvt. Ltd.