बन्द भएका उद्योगको अध्ययन गर्न उच्चस्तरीय समिति गठन गरिने

<p>काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन । उनले लामो समयदेखि बन्द भएका तथा रुष्ण उद्योगलाई पुनः सञ्चालन, खारेज, एकीकरण तथा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति [&hellip;]</p>

काठमाडौं । सरकारले लामो समयदेखि बन्द रहेका उद्योग पुनः सञ्चालन गर्ने भएको छ । शुक्रबार आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो कुरा बताएका हुन ।

उनले लामो समयदेखि बन्द भएका तथा रुष्ण उद्योगलाई पुनः सञ्चालन, खारेज, एकीकरण तथा आवश्यक व्यवस्थापनको विषयमा अध्ययन गर्न एक उच्चस्तरीय अध्ययन समिति गठन गरिने बताएका हुन् ।

यस्तै, पुनः सञ्चालनको सम्भावन रहेका हेटौडा कपडा उद्योग, गोरखकाली रबर उद्योग र बुटबल धागो कारखानालाई सञ्चालनमा ल्याईने उनले बताए ।

‘औद्योगिक क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन कुटनीतिक नियोगलाई सक्रिय बनाईनेछ, निजी क्षेत्रसँगको सहकार्य तथा साझेदारीमा औद्योगिक ग्राम सञ्चालनको तयारी गरिनेछ,’ उनले भने ।

Share News