सिटिजन्स बैंकका ग्राहकलाई अजा डायनास्टीमा छुट 

  २०८० जेठ ५ गते १४:०७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र ठमेलस्थित अजा डायनास्टीकबीच सम्झौता भएको छ । बैंक र डायनास्टीबीच बैंकका ग्राहकलाई विभिन्न सामानमा छुट दिने सम्झौता भएको हो ।

सम्झौता अनुसार बैंकका कार्डवाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले अजा डायनास्टीमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.