सिद्धार्थ बैंकका ग्राहकलाई नेपालगञ्जको सोल्टी वेस्टेन्ड प्रिमियरमा छुट

  २०८० जेठ ४ गते १९:३०     विकासन्युज

काठमाडौं । सिद्धार्थ बैंक र सोल्टी वेस्टेन्ड प्रिमियरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट नेपालगञ्ज शाखा प्रमुख किरण राणा मगर तथा सोल्टी वेस्टेन्ड प्रिमियरका तर्फबाट प्रबन्धक सेल्स एण्ड मार्केटिङ रोजिना महर्जनले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सोल्टी वेस्टेन्ड प्रिमियरमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ्ग तथा क्यूआर मार्फत खाना र बेबरेजको भुक्तानी गर्दा १०५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.