अब एनसेलका ग्राहकले आवश्यकता अनुसार आफै बन्डल प्याक बनाउन सक्ने

  २०८० जेठ ४ गते १८:५५     विकासन्युज

काठमाडौं । एनसेल आजियाटाले बिहीबार एनसेल माई प्लान संचालनमा ल्याएको छ । योसँगै अब एनसेलका ग्राहकले आफ्नो आवश्यकता अनुसार सेवाको प्लान आफै बनाई अझै सुलभ दरमा सेवाहरु प्रयोग गर्न सक्नेछन् ।

एनसेलको अनुसार यस विषेश प्लान अन्तर्गत ग्राहकले आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुसार आफ्नो प्लान अर्थात बन्डल प्याक आफै बनाएर सेवा लिन सक्नेछन् ।

ग्राहक आफैले आफ्नो प्याक बनाउने सक्ने यो नेपालमा संचालनमा आएको यस्तो प्रकारको पहिलो सुविधा हो ।

इन्टरप्राइज ग्राहकका लागि लक्षित एनसेल फर बिजनेश सेवा अन्तर्गतको यो प्लान ग्राहकले एनसेल एपबाट सजिलै बनाउन सक्नेछन् । माई प्लानमा माई प्लान ५०० र माइ प्लान फ्लेक्सी गरि दुई वटा विकल्पहरु रहेका छन् । ग्राहकले अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा भोलुम आफैले तय गरेर आफ्नो प्याक बनाउन सक्नेछन्।

कपोर्रेट तथा पोस्टपेड ग्राहकले यस प्लानलाई ३० दिनको समय चक्रमा सुचारु गर्न सक्नेछन् । माइ प्लान करसहित ५०० रुपैयाँ पर्दछ । यसमा ग्राहकले ५०० रुपैयाँ बराबरको अन नेट, अफ नेट भ्वाइस, एसएमएस सेवा र डेटा भोलुमको बण्डल प्याक आफै बनाउन सक्नेछन् ।

त्यस्तै, फ्लेक्सी प्लान अन्तर्गत ग्राहकले रु ५०० भन्दा बढि मुल्यको अन नेट, अफ नेट भ्वाइस, एसएमएस र डेटा सेवाको भोलुम निर्धारण गरि ३० दिनका लागि आफ्नो प्लान बनाउन सक्नेछन् ।

यसका साथै प्लानमा पाइने सेवाहरु बाहेक, माई प्लान लिने ग्राहकले २५०० मिनेट अन नेट टक टाइम र १००० वटा अन नेट एसएमएस सेवा निःशुल्क प्राप्त गर्नेछन् । यसरी प्राप्त हुने अन नेट भ्वाइस र एसएमएस सेवा बिहान ६ बजे देखि बेलुका ६ बजेसम्म प्रयोग गर्न सकिनेछ ।

माई प्लान फ्लेक्सीमा ग्राहकले जति धेरै सेवाको भोलुम राखी प्याकमा बनाउँछन् त्यसै अनुरुप प्लानको मुल्य तय हुने र सेवाहरु पनि तुलनात्मक रुपमा अझै सुलभ बन्ने एनसेलले बताएको छ । माई फ्लेक्सी प्लानमा ग्राहकले अधिकतम ग्राहकले २०० जीबी डेटा, २५०० मिनेट अन नेट, अफ टक टाइम र २५०० एसएमएसको बण्डल प्याक बनाउन सक्नेछन् ।

कसरी आफ्नो प्याक बनाउने ?

एनसेल एपमा ग्राहकले स्क्रिनको माथि दायाँ मेनु बारमा गई त्यहाँ प्रोफाइलमा थिचेर माई प्लानमा खोली आफ्नो भ्वाइस, डेटा र एसएमएस सेवाको आवश्यकता अनुरुपको आफ्नो प्याक बनाउन सक्नेछन् ।

उदाहरणको लागि ग्राहकले रु ३०० बराबरको डेटा, रु १५० बराबरको अफ नेट र अन नेट कल र रु ५० बराबरको एसएमएस सेवा सहितको आफ्नो माई प्लान ५०० बनाउन सक्छन् । यो प्याक ३० दिनको समय चक्रमा संचालन हुने हुदाँ आउट गोइङ् सेवामा अवरोध नआवस् भन्नका निमित्त ३० लिन अगावै आफ्नो शुल्क तिर्नु पर्दछ ।

३० दिनको समय अघि नै माई प्लानका सेवाहरुको प्रगोय गरि सकिएको अवस्थामा ग्राहकले पेएजयूगो अन्तर्गत विद्यमान् शुल्कमा एनसेलको भ्वाइस, डेटा तथा एसएमएस सेवा लिन सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.