सिटिजन्स बैंकका ग्राहकलाई अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्म छुट 

  २०८० जेठ ४ गते १८:४७     विकासन्युज

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको बिशालनगरस्थित अरोगिन हेल्थ केयरबीच सम्झौता भएको छ । बैंक र हेल्थकेयरबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको हो ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् बैंकका कार्डवाहकहरुले अरोगिन हेल्थ केयरमा ४५ प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

बैंकले देशैभरी फैलिएकाआफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १३९ वटा ए।टि।एम।, ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.