स्टार्टअपका लागि ३८२ उद्योगको आवेदन, २१३ पहिलो चरणबाटै आउट

  २०८० जेठ ४ गते १२:१६     विकासन्युज

काठमाडौं । स्टार्टअप उद्यमका लागि प्रस्ताव पेश गर्नेमध्ये २१३ उद्योग पहिलो चरणबाटै बाहिरिएको छ । गत चैत १६ गतेदेखि स्टार्टअप उद्यमका लागि ३८२ वटा उद्योगले आवेदन दिएको थियो ।

उद्योग विभागले एक सूचना जारी गर्दै आवेदन दिएका ३८२ वटा उद्योगहरुमध्ये पहिलो चरणबाटै २१३ वटा उद्योग बाहिरिएको उल्लेख गरेको छ ।

उद्योग विभागले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ को दफा ८ बमोजिम कर्जा लिन इच्छुक स्टार्टअप उद्यम गर्ने उद्यामीलाई परियोजना प्रस्ताव पेश गर्न चैत १६ गते सूचना प्रकाशन गरेको थियो ।

२१ दिनको अवधि राखेर जारी गरिएको उक्त सूचनामा ३८२ वटा आवेदन परेका थिए ।

‘प्रस्ताव पेश भएका उक्त आवेदनहरु प्रारम्भिक रुजु गर्दा कार्यविधिको दफा २ (झ)( र ४ (१) बमोजिम कैफियतमा उल्लेख भएको आधारमा थप मूल्यांकनमा समावेश नभएको हो’, विभागले जारी गरेको सूचनामा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.