अब ७ रुपैयाँमै भारतमा रोमिङ कल गर्न पाईने

  २०८० जेठ २ गते १४:२२     विकासन्युज

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतमा हुने रोमिङ कलको शुल्क कम गर्ने तयारी गरेको छ । यसअघि नेपाल टेलिकमको रोमिङ कलबाट प्रतिमिनेट ३० रुपैयाँ शुल्क लाग्दै आएकोमा २३ रुपैयाँ कम गरेर प्रतिमिनेट ७ रुपैयाँ बनाउने तयारी भएको हो ।

सञ्चारमन्त्री रेखा शर्माका सञ्चार विज्ञ नरेन्द्र केसीले रोमिङ कलको शुल्क कम गर्ने तयारी भएको बताए ।

‘केही समयअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रीको भारत भ्रमणको बेला त्यहाँका नेपालीले उठाएको एउटा माग पूरा भएको छ, अहिले नेपालीहरु रोमिङ सुविधा लिएर भारत जादा नेपाल टेलिकमको सिममार्फत भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ३० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ’, उनले भने, ‘लामो गृहकार्यपछि प्रतिमिनेट २३ रुपैयाँ घटाएर अब नेपाली सिमबाट भारतबाट नेपालमा फोन गर्दा प्रतिमिनेट ७ रुपैयाँ लाग्ने गरी शुल्क निर्धारणको तयारी गरिएको छ ।’

उनले उक्त तयारी भएपनि केही दिनपछि मात्र लागू हुने बताए । उक्त नियम लागु भएपछि छोटो समयका लागि भारत जाने नेपालीहरुलाई सुविधा पुग्ने अपेक्षा गरिएको छ ।

‘अब केही समयपछि औषधि उपचार, ब्यापारलगायत छोटो भ्रमणमा गएका नेपालीले भारतीय सिम नपाउने र नेपाली सिममा महँगो शुल्क तिर्नुपर्ने बाध्यताको अन्त्य हुन्छ’, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.