ओटीपी भनेको के हो ?

  २०८० जेठ २ गते ८:३४     विकासन्युज

काठमाडौं । ओ.टी.पी. भन्नाले एक पटक मात्र प्रयोगमा आउने पासवर्ड अर्थात् वान टाइम हो । विद्युतीय कारोबार गर्न खोजिरहेको व्यक्ति सोही व्यक्ति हो वा होइन र कारोबार अधिकृत हो वा अनधिकृत हो भन्ने पहिचानको लागि सेवा प्रदायक प्रणालीले स्वचालित रुपमा प्रदान गर्ने पासवर्ड नै ओ.टी.पी. हो ।

निश्चित प्रयोजनका लागि तोकिएको समयभित्र प्रयोग गर्न मिल्नेगरी प्रयोगकर्ताले दर्ता गरेको फोन वा इमेलमा मात्र प्राप्त हुने भएकाल अन्य कसैलाई पनि ओ.टी.पी. दिनु हुँदैन । विभिन्न बहानामा ओ.टी.पी.माग्ने र रकम चोरी गर्ने घटना संसारभर नै हुने गरेका छन् । त्यसैले सजग भई विद्युतीय भुक्तानीका कारोबार गर्नु पर्दछ ।

कुनै पनि बैंक तथा वित्तीय संस्था वा भुक्तानीसम्बन्धी कार्य गर्ने संस्थाले ग्राहकको ओ.टी.पी. कहिल्यै पनि माग्दैनन् । त्यस्तै तपाईले चिनेको वा नचिनेको कुनै पनि असल नियतको व्यक्तिलाई तपाईको ओ.टी.पी. कुनै पनि कार्यका लागि आवश्यक पर्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.