एनटिसीको नाफा साढे पाँच अर्ब, जगेडा कोषमा पौने एक खर्ब

  २०८० जेठ १ गते ८:३६     विकासन्युज

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (एनटिसी)को चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ०.४३ प्रतिशत घटेर ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको आम्दानी ३.०९ प्रतिशत घटेर २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २८ अर्ब २१ करोड ९६ लाख रुपैयाँ थियो ।

९ महिनाको अवधिमा कम्पनीको कूल आम्दानी २.०६ प्रतिशत बढेर ३३ अर्ब २० करोड ८५ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३२ लाख ५३ करोड ६७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १८ अर्ब रुपैयाँ र जगेडा कोष ७५ अर्ब ४७ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

नफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी १७ पैसा घटेर ४० रुपैयाँ ९ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ ५१९ रुपैयाँ ३० पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २०.४ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.