रुटिन अफ नेपाल बन्द पुरुषतर्फका विजयी क्लाउड फ्याक्ट्रि महिला विजेता

  २०८० वैशाख ३१ गते १७:२२     विकासन्युज

काठमाडौं । आईटी टेक डिजिटल फुटसल प्रतियोगिता सनिबार सम्पन्न भएको छ । हडिगाउँमा आयोजना भएको प्रतियोगितामा केही उत्कृष्ट कर्पोरेट टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका हुन् ।

पुरुषतर्फको फाइनलमा आइएमई ग्रुपविरुद्धको फाइनलमा अरोएनबि विजयी भएको हो । क्लाउड फ्याक्ट्रीले प्रतियोगिताभर आफ्नो असाधारण सीप र टिमवर्क देखाएर महिला उपाधि जितेको हो ।

यो कार्यक्रम फुट(टेक फुटसलको पहिलो संस्करण थियो र यो वार्षिक कार्यक्रम निरन्तर अर्को वर्ष पनि गर्दै लाने कुरा आयोजक ‘लेट्स प्ले स्पोर्टस्’ ले निर्धारण गरेको छ । यो प्रतियोगिताले आगामी दिनमा पनि आईटीरटेकरडिजिटल कम्पनीहरूलाई स्वस्थ प्रतिस्पर्धामा संलग्न हुन र टिमवर्क र खेलकुदलाई प्रवर्द्धन गर्न प्लेटफर्म प्रदान गर्दछ।

‘फुट(टेक फुटसल २०२३ को सफलताबाट हामी हर्षित छौं र विजेता टोलीहरूलाई बधाई दिन चाहन्छौं’, कार्यक्रममा आयोजक लेट्स प्ले स्पोर्टस्‌का नरेश खनालले भने।

यो कार्यक्रम ‘म सतर्क छु’ अभियानको एक पाटो थियो, जसको उद्देश्य डिजिटल साक्षरता र इन्टरनेट सुरक्षाको बारेमा आम जनतामा चेतना जगाउने हो। फुट(टेक फुटसल २०२३ खेलकुदमा प्रविधिको शक्ति प्रदर्शन गर्ने र डिजिटल साक्षरताको महत्त्वबारे चेतना जगाउने उत्कृष्ट अवसर थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.