तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी

<p>काठमाडौं । तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी सुरु भएकाे छ । २५६७ औं बुद्ध जयन्तिको अवसरमा नेपाली कला आकाशको तीन पुस्ता कलाकारहरुद्वारा सृजना गरिएका कलाकृतिको  सामुहिक प्रर्दशनी ३ जेनेरेशन अन्डर द फुल मुन शीर्षकमा यहि बैशाख २२ गते सम्पन्न भएको हाे । उक्त प्रर्दशनीको उद्घाटन नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्ज र नेपाल जर्मन [&hellip;]</p>

काठमाडौं । तीन पुस्ते कलाकारको सामुहिक चित्रकला प्रर्दशनी सुरु भएकाे छ ।

२५६७ औं बुद्ध जयन्तिको अवसरमा नेपाली कला आकाशको तीन पुस्ता कलाकारहरुद्वारा सृजना गरिएका कलाकृतिको  सामुहिक प्रर्दशनी ३ जेनेरेशन अन्डर द फुल मुन शीर्षकमा यहि बैशाख २२ गते सम्पन्न भएको हाे ।

उक्त प्रर्दशनीको उद्घाटन नेपालका लागि जर्मन राजदुत डा. थोमस प्रिन्ज र नेपाल जर्मन चेम्वर अफ कमर्स एण्ड ईन्डष्ट्रिजका अध्यक्ष सन्तोष कुंवरद्वारा संयुक्त रुपमा मोक्षको विन्स हर्स ग्यालरी, झम्सीखेलमा गरेका थिए । प्रर्दशनी जेठ १२ सम्म रहनेछ ।

प्रर्दशनीको संयोजन नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व संस्थापक कुुलपति किरण मानन्धरले गर्नु भएका थिए भने कलाकार संयोजन प्राज्ञ सुषमा राजभण्डारीले गरेका थिए । प्रर्दशनीको अवधारणा र शिर्षक कलाकार उमेश श्रेष्ठले गरेका थिए ।

प्रर्दशनीमा पहिलो पुस्ताका कलाकारहरु कलाकारहरु किरण मानन्धर,विजय थापा, गोविन्दलाल सिं डंगोल, कृष्ण मानन्धर, श्यामलाल श्रेष्ठ, गौतमरत्न तुलाधर, विपिन घिमिरे, आईविमल्ल, राधेश्याम मुल्मी, शशी शाह, रागिनी उपाध्याय दोस्रो पुस्ताका कलाकारहरु हरिजंग बमजम, एससीसुमन, डा.सिमा शाह, सुषमा राजभण्डारी, उमाशंकर शाह, उमेश श्रेष्ठ तथा तेस्रो पुस्तका कलाकारहरु अनिता भट्टराई,गौरव तुुलाधर, कौशल श्रेष्ठ,प्रविन श्रेष्ठ, राजेश मर्हजन, रत्न शाक्य, शंकर श्रेष्ठ, सुर्य दुराज, सुष्मिता कंवरका चित्रहरु प्रर्दशनीमा रहेका छन् ।

Share News