२ अर्ब घट्यो शिवम् सिमेन्टको आम्दानी, नाफामा ५१ प्रतिशत संकुचन

  २०८० वैशाख २९ गते ६:४१     विकासन्युज

काठमाडौं । शिवम् सिमेन्ट्सको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बिक्री आम्दानी झण्डै २ अर्ब रुपैयाँले घटेको छ । ९ महिनाको अवधिमा कम्पनीको बिक्री आम्दानी २४.७५ प्रतिशत घटेर ५ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ७ अर्ब २५ करोड ३३ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको बिक्री आम्दानी १ अर्ब ८० करोड रुपैयाा घटेको देखिन्छ ।

चैत मसान्तसम्म कम्पनीको खुद नाफा ५१.१५ प्रतिशत घटेर ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको बिक्री आम्दानी घट्न गई उत्पादन लागत बढेका कारण नाफामा असर गरेको हो । साथै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाको उच्च ब्याजदरले पनि असर परेको हो । साथै, तरलता अभाव, विश्व बजारमा कोईला, डिजेल लगायतका सामानहरुको अत्याधिक मूल्य वृद्धिले गर्दा कम्पनीमा ठूलो असर गरेको देखिन्छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ, सेयर प्रिमियम ९५ करोड ६२ लाख रुपैयाँ र जगेडा कोष ३ अर्ब ७३ करोड ५८ लाख रुपैयाँ रहेको छ ।

कम्पनीको नाफामा घटेसँगै प्रतिसेयर आम्दानी १० रुपैयाँ १५ पैसा घटेर ९ रुपैयाँ ६९ पैसामा सीमित भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ६४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.७९ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.