एशियन पेन्ट्सको कलर नेक्स्ट २०२३ सम्पन्न

  २०८० वैशाख २८ गते १३:५५     विकासन्युज

काठमाडौं । एशियन पेन्ट्स नेपाले कलर नेक्स्ट २०२३ आयोजना सम्पन्न गरेको छ ।

उक्त पेन्ट्समा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्टको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक योगदान पु¥याउँदै आएको कम्पनीले जनाएको छ । साथै, वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गरेको छ ।

उक्त्त कार्यक्रमका सहभागीले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्ति पत्ता लगाउन विशेषज्ञ अन्तरवार्ता र संयुक्त कार्यशाला गर्नुपर्ने हुन्छ । साथै, अनुसन्धानमार्फत ६ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

उक्त कार्यक्रम बिहीबार हयात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट २०२३ कार्यक्रममा एशियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले स्वागत मन्तव्यबाट आरम्भ गरेका हुन् ।

पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एशियन पेन्ट्स नेपालका प्रमुख कन्ट्री हेडजी गोपालकृष्णनद्वारा संक्षिप्त प्रस्तुति गरेका थिए । साथै, जसमा आर्किटेक्ट तथा इन्टेरियर डिजाइनरसँग एशियन पेन्ट्सको सहकार्यलाई जोड दिईएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.