वैज्ञानिक चमत्कार : एउटा बच्चाको तीनजना आमाबाबु

  २०८० वैशाख २८ गते १२:३८     विकासन्युज

सांकेतिक तस्बिर

काठमाडौं । हामी सबैलाई थाहा छ, कुनै पनि मानिसको बाबु आमा दुई जना मात्रै हुन्छन । दुई जना बुवा वा दुई जना आमा अहिलेसम्मको मानव समाजको इतिहासमा भएको पाईंदैन । तर, पछिल्लो समयमा वैज्ञानिकहरुको प्रयासद्वारा एउटै बच्चाको आमाबाबु तीनजना भएका छन् ।

सुपर बेबी भनेर भनिएको भर्खरै जन्मिएको सो बच्चामा आमा बाबुको अलावा तेस्रो व्यक्तिको डिएनए पनि मिसिएको छ । जसले गर्दा सो बच्चा तीन अभिभावकको सन्तान हुन सफल भएको छ । जुन मानवीय समाजका लागि एउटा वैज्ञानिक चमत्कार भएको छ ।

मेडिकल विज्ञानमा वैज्ञानिकहरुको लामो खोज तथा अनुसन्धान पश्चात पैदा भएको सो बच्चामा बंशानुगत विमारीहरु नदेखिने वैज्ञानिकहरुले बताएका छन् । इङल्यान्डमा जन्म भएको सो बच्चा पैदा गर्नको लागि आइभिएफ प्रविधिको प्रयोग गरिएको थियो ।

सो बच्चालाई माइट्रोकेन्ड्रियल डोनेशन ट्रिटमेन्ट प्रविधिको प्रयोग गरेर बनाइएको वैज्ञानिकहरुले बताएका छन् । पहिला बैज्ञानिकहरुले एकजना स्वस्थ महिलाको अण्डकोषबाट डिम्ब लिएर आइभिएफ भ्रुण तयार गरेका थिए । त्यसपछि सो भ्रुणमा जैविक आमाबाबुको शुक्रकिट र अण्डाको माइटोकेन्ड्रिया एकैसाथ मिसाइएको थियो ।

आमाबाबुको डिएनए बाहेक तेस्रो महिला दाताको डिएनए मार्फत बच्चाको शरीरमा ३७ वटा जीनहरु मिसाउने काम गरिएको थियो । त्यसैले सो बच्चाको वास्तविक आमाबाबु तीनजना भएका हुन् । तर आफ्नै आमाबाबुको डिएनए प्रतिशत भने ९९.८ प्रतिशत रहेको वैज्ञानिकहरुले बताएका छन् ।

एमडिटी एमआरटी अर्थात माइटोकेन्ड्रिया रिप्लेसमेन्ट ट्रिटमेन्ट समेत भनेर भनिन्छ । यो प्रविधिको विकास इङल्यान्डका वैज्ञानिकहरुले गरेका हुन् । सो प्रविधिको प्रयोग गरिएको बच्चा इङल्यान्डको न्युकेसल फर्टिलिटी सेन्टरमा जन्मिएको हो ।

संसारमा करिब छ हजारमा एकजना बच्चा माइटोकेन्ड्रियल रोग अथवा वंशानुगत रोगबाट पिडित भएको पाइन्छ । वैज्ञानिकहरुले आफ्ना बाबुआमामा भएको बंशानुगत रोग बच्चामा नसरोस भन्नका लागि बच्चा पैदा गर्ने विषयमा यो प्रविधिको प्रयोग गरेका हुन् ।

माइटोकेन्ड्रियल डोनेसन प्रविधिमा सबैभन्दा पहिला आमाको अण्डामा बाबुको सुक्रकिट मिलाएर गर्भाधान गराइन्छ । त्यसपछि अर्को स्वस्थ महिलाको अण्डाबाट परमाणु जेनेटिक तत्व निकालेर गर्भाधान गराइएको अण्डामा मिसाउने काम गरिन्छ । यसपछि स्वस्थ महिलाको माइटोकेन्ड्रियाले गर्भाधान भएको अण्डामा प्रभाव पार्ने काम गर्छ । मेडिकल साइन्सको दृष्टिकोणबाट हेर्दा पनि यो प्रकृयामा निकै चुनौती र जोखिम रहेको हुन्छ । एजेन्सीकाे सहयाेगमा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.