ट्वीटरले पनि अडियो भिडियो कल गर्ने सुविधा ल्याउँदै

  २०८० वैशाख २८ गते ११:०६     विकासन्युज

काठमाडौं । एलन मस्कको स्वामित्वमा रहेको प्रशिद्ध सामाजिक सञ्जाल ट्वीटरले पनि अडियो भिडियो कल गर्न सकिने सुविधा ल्याउने भएको छ । ट्वीटरले छिट्टै नै अडियो भिडियो कल गर्न सुविधा लन्च गर्न लागेको मस्कले बताएका छन् ।

आजदेखि नै ट्वीटरले एप्लिकेसनमार्फत उन्क्रिप्टेड मेसेजिङ सेवा समेत शुरुवात गर्नेभएको छ । जसलाई कुराकानी गर्ने दुई जना बाहेक तेस्रो पक्षले देख्न सक्ने छैनन् ।

मस्कले ट्वीटरमा लेखेका छन् की ट्वीटरको नयाँ अपग्रेड गरिएको भर्सनमा सिधा म्यासेज मार्फत जवाफ दिन सकिने छ र सो प्रकृयामा इमोजी रियाक्सन पनि दिन सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.