बालेनसँगै बदलिँदै काठमाडौं (फोटोफिचर)

  २०८० वैशाख २८ गते १०:४०     रिसव चौधरी

काठमाडौं । तपाईंहरुले काठमाडौं बदलिएको अवस्थालाई कत्तिको महसुस गर्नु भएको छ ? यदि छैन भने काठमाडौंको पहिले र अहिलेको अवस्थाको स्वरूपलाई आँफै मनन् गर्नुहोस, तपाईंले महसुस गर्न सक्नुहुन्छ की बद्लिँदैछ काठमाडौं ।

पछिल्लो समय काठमाडौंको स्वरुपमा निकै परिवर्तन भइरहेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निर्वाचित भएर आएपछि काठमाडौं भित्रका धेरै विषयहरुमा सकारात्मक परिवर्तनको शुरुवात हुँदै गरेको देख्न सकिन्छ ।

प्राविधिक रुपमा इञ्जिनियर र र्याप गायन क्षमता बोकेका बालेन महानगरको मेयरको उम्मेदवार भएदेखि अहिलेसम्म निरन्तर चर्चाको शिखर छन् । मिडियालाई आफूसम्म प्रत्यक्ष पहुँच दिन नचाहने मेयर बालेन विभिन्न कामहरुको पहलकै कारण मिडियामा छाएका छन् ।

७ सय ५३ वटा स्थानीय तह मध्ये विवादित तथा सकारात्मक काम दुबै हिसाबले देशमै बालेन अगाडि छन् । स्थानीय तहको निर्वाचन भएको एक वर्ष पुग्नै लाग्दा उनले अगाडि सारेका कामले विस्तारै आकार लिन लागेको र काठमाडौं बद्लिँदैछ भन्ने आभास दिलाउन थालेको महसुस गर्न सकिन्छ ।

काठमाडौं भित्र दृश्य होस् या पूर्वाधार विकासको क्षेत्र हरेक हिसाबले काठमाडौं परिवर्तन हुँदै गरेको महसुस गर्न सकिन्छ । सरसफाइ, खुला फुटपाथ, पार्किङ व्यवस्थापन, होर्डिङ बोर्ड व्यवस्थापन, अव्यवस्थित तार व्यवस्थापन, हाइड्रेन्ट विस्तार लगायत धेरै क्षेत्रमा विगतको भन्दा अहिलेको काठमाडौंमा नयाँपन पाउन सकिन्छ ।

मेयर बालेन चुनाव अगाडि गरेका प्रतिबद्धता कम चर्चाको बीचबाट पूरा गर्ने कसरतमा जुटेका छन् । महानगरपालिकाको सेवा प्रवाह, विद्यालय शिक्षामा रुपान्तरण लगायतका क्षेत्रमा पनि मेयर बालेनले धेरै नै नयाँपनको शुरुवात गरिसकेका छन् । तर, हामीले यहाँ हामीले उनले पहल गरेका काठमाडौंको बाहिरी परिवेशका केही बद्लिँदै गरेका विषयहरुको बारेमा सचित्र प्रस्तुत गर्न खोजिरहेका छौं ।

फोहोर व्यवस्थापन

काठमाडौंको फोहोर व्यवस्थापन सबै भन्दा ठूलो चुनौतीको विषय हो । बालेनले मेयरमा उम्मेदवारी दिँदा नै काठमाडौंको फोहोर व्यवस्थापनलाई आफ्नो मुख्य एजेण्डा बनाएका थिए । उनको एजेण्डामा फोहोरको सास्ती भोगेका काठमाडौंवासीले सुन्दर काठमाडौंको कल्पना गरेर साथ दिएका थिए ।

काठमाडौंको फोहोरको निरन्तर व्यवस्थापन गर्ने विषय अझैपनि चुनौतिपूर्ण नै छ । तर, महानगरसँग भएको जनशक्तिको उच्चतम प्रयोग गरेर बालेनले फोहोरलाई घर र सहरबाट समयमा नै उठाउने विषयलाई कार्यान्वयन गरेका छन् । जसले गर्दा हामीले काठमाडौंका सडकमा विगतमा जस्तै फोहोरको डंगुर देख्नुपर्ने अवस्था छैन ।

फुटपाथ व्यवस्थापन

सहरी योजना विना निर्माण भएको काठमाडौंमा सहज फुटपाथ कायम गर्ने कुरा आँफैमा चुनौतिपूर्ण विषय हो । हजारौं व्यवसायीहरु जीवन जोडिएको अव्यवस्थित फुटपाथ व्यवस्थापनमा मेयर बालेन निर्मम भएर प्रस्तुत भए ।

फुटपाथमा अव्यवस्थित ढंगले व्यापार गर्ने र पेशेवर माग्नेहरुलाई महानगरले बल प्रयोग गरेर हटाउने कामको शुरुवात गर्यो । बल प्रयोगको विषयलाई लिएर बालेनले निकै आलोचना समेत खेप्नुपर्यो । जसकारणले सर्वसाधारण मानिसहरु आवतजावत गर्न नै नमिल्ने फुटपाथहरु अहिले खुला भएका छन् । यद्यपी काठमाडौंमा भविष्य खोजेर दुरदराजबाट आएकाहरुको दुःखसँग काठमाडौं नभएको प्रश्न भने कायम नै छ ।

रत्नपार्क क्षेत्रमा अव्यवस्थित ढंगले फुटपाथमा रहेको भवन भत्काएर बनाइएको नयाँ संरचना

अव्यवस्थित पार्किङलाई व्यवस्थित
राजधानी सहितको महानगर भएकाले काठमाडौंभित्र चल्ने सवारी साधनको संख्या पनि निकै बाक्लो रहेको छ । सवारी साधनको संख्या बाक्लो मात्रै छैन, उचित पार्किङको व्यवस्था समेत नरहेको छ ।

व्यवसायीहरुको परम्परागत तरिकाको व्यवसायसँग समेत जोडिएको अव्यवस्थित पार्किङलाई व्यवस्थित गर्ने विषय मेयर बालेनको लागि निकै चुनौतिपूर्ण रहेको थियो । किनकी यस अघिका मेयर विद्यासुन्दर शाक्यले पार्किङलाई व्यवस्थित गर्नुको सट्टा मिलेमतोमा पार्किङको काम व्यवसासायीलाई जिम्मा लगाएका थिए ।

मेयर बालेनले आफ्नो कार्यकाल शुरुवात भएको केही समयबाट नै निजी क्षेत्रका अन्डरग्राउन्ड पार्किङलाई कार्यान्वयनमा ल्याउने, सडकमा अव्यवस्थित पार्किङ गर्न नदिने र कतिपय स्थानमा पार्किङ क्षेत्र निर्माण गर्ने काम गरे । जसले गर्दा अहिले काठमाडौंका सडकहरु खुला र यातायात सञ्चालनको लागि सहज बनेका छन् ।

अव्यवस्थित पार्किङ हटाउने विषयमा व्यवसायीहरुकै आन्दोलनको सामना गरेर पनि मेयर बालेन पछाडि नहट्दा मेयर बालेन सफल हुँदै गएका छन् ।

भृकुटीमण्डप प्रदर्शनी मार्गमा अव्यवस्थित पार्किङ हटाएपछिको दृश्य

अनधिकृत संरचना हटाइयो
काठमाडौंको एउटा मुख्य ठूलो र पूरानो समस्या हो सार्वजनिक क्षेत्र मिच्ने र त्यस ठाउँमा आफ्ना निजी संरचना निर्माण गर्ने काम । मेयर बालेनले महानगरभित्र अनधिकृत ढंगले सार्वजनिक क्षेत्र मिचेर बनाईका र मापदण्ड विपरित बनाइएका संरचनालाई हटाउने कामलाई अभियानकै रुपमा अगाडि बढाएका छन् ।

मैतीदेवीमा सडकमा बनाइएको प्रहरी बिट हटाएपछिको अवस्था

अहिलेसम्म धेरै ठाउँमा यस्ता काम सम्पन्न भइसकेको छ भने कतिपय ठाउँमा महानगरले अझैपनि सो अभियानलाई जारी राखेको छ । कतिपय संरचनाको विषयलाई लिएर अदालतमा मुद्दा परेको अवस्था छ । तर, यी सबै प्रकारका अवरोधका बाबजुद सार्वजनिक क्षेत्र मिचेर बनाइएका घर, सार्वजनिक भवन, प्रहरी बिट जस्ता संरचनाहरु महानगरले हटाउने काम गरेको छ । जसले गर्दा सडक र चोकहरु विस्तारै अवरोधविहिन बन्दै गएका छन् ।

मापदण्ड विपरितको संरचना हटाइएपछिको काठमाडौं मल अगाडिको दृश्य

होडिङ बोर्ड हट्यो
केही समय अगाडिसम्म काठमाडौं होडिङबोर्ड मय थियो । होडिङबोर्डको कारणले कसैको घरको कलाकृति र आकार नै देख्न सकिँदैनथ्यो । तर बालेनले कानून अनुसार होडिङ बोर्डको साइज कार्यान्वयनको शुरुवात गरेर पूराना भद्दा होडिङ बोर्डहरु महानगरको प्रहरी नै परिचालन गरेर हटाउने काम गरे ।

महानगर प्रहरीद्वारा मापदण्ड विपरितका साइनबोर्ड हटाउँदै

जसले गर्दा आज काठमाडौंका घरहरुले आफ्नो स्वरुप पाएका छन् भने महानगरले होडिङ बोर्डबाट कर आम्दानी पनि गर्न थालेको छ ।

फायर हाइड्रेन्ट जडान
सहर सँधै नै धेरै प्रकारका जोखिमहरुसँग जोडिएको हुन्छ । त्यो मध्ये एउटा जोखिम हो आगलागी । अव्यवस्थित तार र अन्य धेरै कारणहरुले काठमाडौंका धेरै क्षेत्रमा आगलागीका घट्ना हुने गरेका छन् ।

काठमाडौं महानगरले चालु आर्थिक वर्षमा महानगरको अधिकांश स्थानमा आगो नियन्त्रणमा लिन सकिने हिसाबले फायर हाइड्रेन्ट निर्माण गर्ने काम गरेको छ । यसलाई महानगरले अभियानकै रुपमा अगाडि बढाएको छ । जसले गर्दा भविष्यमा हुनसक्ने आगलागीको घट्नाबाट हुनसक्ने क्षतिको जोखिमलाई घटाउने

काठमाडौं गल्ली अथवा आगजनी हुँदा दमक नपुग्ने ठाउँमा फायर हाइड्रेन्ट जडान गरिएको छ । महागरले केही ठाउँमा फायर हाइड्रेन्टको जडान गरेको हो । यस्ता फायर हाइड्रेन्टको जडान अझै धेरै ठाउँमा जोड्ने योजना महानगरको छ ।

अव्यवस्थित तार पनि हटाइँदै
अव्यवस्थित तार काठमाडौंलाई कुरुप बनाउने एउटा महत्वपूर्ण विषय हो । लामो समयदेखि चर्चामा रहने गरेको तर, समाधानको पहल नगरिएको सो विषयलाई मेयर बालेनले कार्यान्वयनको लागि पहल अगाडि बढाएका छन् ।

काठमाडौंमा अव्यवस्थित तारको दृश्य

मेयर बालेनको पछिल्लो निर्णयसँगै तारको माध्यमबाट सेवा प्रवाह गर्ने कम्पनीहरु पनि आफ्नो तार व्यवस्थित गर्ने दिशामा अगाडि बढेका छन् । अव्यवस्थित तारको व्यवस्थापन गरेपछि काठमाडौंले विस्तारै आफ्नो पहिचानको मार्ग समात्न सक्ने अनुमान गरिएको छ । सो सँगै काठमाडौंमा आगलागीको जोखिम पनि न्यून भएर जान्छ ।

अन्य तस्बिरहरु

One comment on "बालेनसँगै बदलिँदै काठमाडौं (फोटोफिचर)"

  • c.k.shahi says:

    MR BALEN HAS MADE GOOD N CLEAN CITY AFTER 7 MONTHS I HAS BEEN TO KATHMANY FROM LALIT PUR TODAY.SEEN VERY GOOD N CLEAN ROAD. GO AHEAD SIR MAKE BEAUTY TOWN.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.