विराटनगरमा जेठ १३ गते एनसेल कन्सर्ट हुँदै

<p>विराटनगर। एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिवार कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा साङ्गीतिक समूहका प्रस्तुतिहरू रहने छन्। विशेष गरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्यहरू, आफन्तजन तथा साथीभाइसँग साङ्गीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ एनसेलले यो साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रम दिउँसो [&hellip;]</p>

विराटनगर। एनसेल आजियाटाले विराटनगरको हाटखोला मैदानमा जेठ १३ गते शनिवार कन्सर्ट गर्ने भएको छ। कार्यक्रममा चर्चित कलाकार तथा साङ्गीतिक समूहका प्रस्तुतिहरू रहने छन्।

विशेष गरी विदेशमा रहेका दाजुभाइ तथा दिदीबहिनीहरूका नेपालमा रहेका परिवारका सदस्यहरू, आफन्तजन तथा साथीभाइसँग साङ्गीतिक कार्यक्रम मार्फत खुसी साटासाट गर्ने उद्देश्यका साथ एनसेलले यो साङ्गीतिक कार्यक्रमको आयोजना गर्न लागेको हो। कार्यक्रम दिउँसो २ बजे बाट सुरु भई बेलुका ९ बजे सम्म आयोजना गरिने छ।

कार्यक्रममा चर्चित गायकगायिकाहरू दीपक बज्राचार्य र रिदम ब्यान्ड, आशिष् राना लाउरे, शिव परियार, द एलिमेन्ट्स, अस्मिता अधिकारी, सुनिल पण्डित, कलाकार केकी अधिकारीले आफ्नो विशेष प्रस्तुतिहरू राख्दै दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन्। साथै यो कन्सर्ट एनसेलको फेसबुक पेजबाट लाइभ अर्थात् प्रत्यक्ष प्रसारण हुनेछ । यसले गर्दा विराटनगर बासी मात्र नभई देश विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीले कार्यक्रमको मनोरञ्जन लिन सकिने कम्पनीले जनाएको छ।

यस कन्सर्टमा सहभागी हुन इच्छुक दर्शकले नजिकैको एनसेल सेन्टर वा आधिकारिक बिक्रेताको एनसेल पसल एपबाट अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी यस कन्सर्टको टिकट निःशुल्क पाउन सक्छन् ।

वैदेशिक रोजगारीमा जाने योजनामा रहेका नेपाली र उनीहरूका परिवारका सदस्यहरूलाई ध्यानमा राखी एनसेलले आकर्षक बन्डल सेवा, बोनस सुविधा र रोमिङका साथ ‘सहयात्री सिम’ स्टार्टर प्याक उपलब्ध गराउँदै आएको छ। यसै गरी कम्पनीले विदेशका रहेका आफ्ना परिवारसँग सुलभदरमा सम्पर्कमा रहिरहन विभिन्न भ्वाइस प्याकहरू पनि उपलब्ध गराउँदै आएको छ।

यस साङ्गीतिक कार्यक्रमले विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र उनका नेपालमा रहेका परिवारलाई भरपुर मनोरञ्जन गर्ने विश्वास एनसेलले लिएको छ। कार्यक्रम स्थलमा रहने एनसेलको स्टल मार्फत कम्पनीले प्रदान गर्दै आएको सेवा तथा सुविधाहरूका बारेमा जानकारी लिन सक्नेछन्।

यस कार्यक्रममा सहभागी हुनका लागि अन्तर्राष्ट्रिय कलिङ्ग प्याक, सहयात्री सिम खरिद वा ब्यालेन्स रिचार्ज गरी निःशुल्क टिकट लिन एनसेलले ग्राहकहरूलाई आव्हान गरेको छ।

 

Share News