भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान दीप श्रेष्ठ र शक्ति बल्लभलाई

  २०८० वैशाख २४ गते १७:२३     विकासन्युज

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्सफर संगित क्षेत्रकाे दुई व्यक्तिलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’ प्रदान गरेकाे छ । सिटी एक्सप्रेसले भक्तराज आचार्य संगीत प्रतिष्ठानको संयुक्त सहकार्यमा आइतबार उक्त सम्मान गरेकाे हाे ।

कम्पनीले गायनतर्फ वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठ र संगीततर्फ वरिष्ठ संगीतकार शक्ति बल्लभलाई जनही नगद पुरस्कार ५० हजारसहित उक्त सम्मान प्रदान गरेकाे छ ।

कार्यक्रममा ‘सुशीला आचार्य सु–स्वास्थ्य कामना सम्मान’ युवा तबलाबादक बिपी सिंहलाई प्रदान गरिएको थियाे । २५ हजार रुपैयाँ राशिको यो सम्मान सांगीतिक क्षेत्रमा कृयाशिल स्वास्थ्योपचार गराइरहेका संगीतकर्र्मीलाई अघिल्लो वर्षदेखि प्रदान गर्न थालिएको हो ।

भक्तराज आचार्य संगीत प्रतिष्ठानले विगत केहि वर्ष यता देखि संगीत र कलाको क्षेत्रमा महत्तवपुर्ण योगदान पुर्याउँदै आएको र सिटी एक्सप्रेसले सामाजिक उत्तरदायित्व अन्तर्गत भक्तराज आचार्य संगीत प्रतिष्ठानलाई साथ दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.