विश्व बैंकको अध्यक्ष बने भारतीय मूलका अजय बंगा

  २०८० वैशाख २१ गते १८:२२     विकासन्युज

काठमाडौं । विश्व बैंकको अध्यक्षमा अजय बंगा नियुक्त भएका छन् । भारतीय मूलका अजयपाल सिंह बंगा विश्व बैंकको अध्यक्षमा निर्विरोध चयन भएका हुन् । बैंकका कार्यकारी निर्देशकहरुको बैठकले बंगालाई आगामी ५ वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।

अध्यक्ष पदका लागि एकल आवेदन परेपछि उनी निर्विरोध चयन भएका हुन् । यसअघि अध्यक्ष रहेका डेभिड मालपासको कार्यकाल सकिएपछि उनलाई नियुक्त गरिएको हो ।

बंगा भारतीय मूलका अमेरिकी नगारिक हुन् । उनले यसअघि जनरल एट्लान्टिकमा उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । साथै मास्टर कार्ड बन्ने कम्पनीका अध्यक्ष एवम् सीईओको रुपमा काम पनि गरेका थिए । उनको नेतृत्वमा, मास्टरकार्डले समावेशी विकास केन्द्रको सुरुवात गरेको थियो ।

इन्टरनेशनल चेम्बर अफ कमर्सको मानार्थ अध्यक्षको रुपमा उनले सन् २०२० देखि सन् २०२२ सम्म सेवा गरेका थिए । उनले सन् २०१६ मा भारतका राष्ट्रपतिद्वारा पद्मश्री पुरस्कार पनि प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.