एलआईसी नेपालको सीईओमा प्रणय कुमार नियुक्त

  २०८० वैशाख २० गते १८:४४     विकासन्युज

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रणय कुमार नियुक्त भएका छन् । इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रणय कुमारलाई सीईओमा नियुक्त गरेको जनाएको छ ।

कम्पनी सञ्चालक समितिको बैठकले उनलाई नियुक्त गरेको हो । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा २८ बमोजिम बीमा प्राधिकरणले उनलाई सीईओ बन्न बैशाख ६ गते स्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ ।

प्रणय कुमारलाई आगामी तीन वर्षका लागि सीईओमा नियुक्त गरेको बताइएको छ । उनी एलआइसी इण्डियाको नागपुर डिभिजनमा सिनियर डिभिजनल म्यानेजर (वरिष्ठ विभागीय प्रबन्धक) पदमा कार्यरत थिए ।

यसअघि कम्पनीको सीईओमा लक्ष्मी प्रसाद दास कार्यरत थिए । उनको कार्यकाल गत माघमा सकिएको भएपनि ६ महिनाको लागि म्याद थप गरेको थियो । उनको ६ महिनाको अवधि नसकिँदै प्रणय कुमारलाई नयाँ सीईओमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.