नमस्ते पेको सीइओमा प्रवीणराज पोखरेल, २७ वर्षको अनुभव

  २०८० वैशाख १७ गते १७:५६     विकासन्युज

काठमाडौं । नमस्ते पेको प्रमुख कार्यकारी अधिकृत(सीइओ) प्रवीणराज पोखरेलले नियुक्त भएका छन् ।

कम्पनीको वैशाख १५ गते सञ्चालक समितिले पोखरेललाई कम्पनीको नयाँ सीईओमा नियुक्त गरेको हो । पोखरेलले वैशाख १७ गतेदेखि आफ्नो कार्यभार सम्हालेका छन् ।

कम्पनीका पूर्व सीईओ कृष्णप्रसाद भण्डारीले विस्तृत अनुसन्धान, कडा छनोट र भर्ती प्रक्रियापछि, बोर्डले संगठनको नेतृत्व लिनको लागि उत्कृष्ट व्यक्ति भेट्टाउन पाउँदा खुसी भएको बताए ।

पोखरेल धेरै अग्रणी बैंकहरू, वित्तीय संस्था, भुक्तानी प्रणाली र फिनटेक कम्पनीहरुमा कम्पनीहरूमा २७ वर्षभन्दा बढीको उत्कृष्ट ट्र्याक रेकर्ड भएका व्यक्ति हुन् ।

यसअघि पोखरेल एफवान सफ्ट इन्टरनेशनल र एमएननेपालका प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरिसकेका छन् । उनीसँग बैंकिङ क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । उनले ग्लोबल बैंक, नबिल बैंक, बैंक अफ काठमाडौं र हिमालयन बैंकमा वरिष्ठ व्यवस्थापन र मध्य व्यवस्थापन पदहरूमा काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.