एसवाई बजारले इन्टरकलेज फुटसल टुर्नामेन्ट गर्ने, पहिलो हुनेलाई एक लाख पुरस्कार

  २०८० वैशाख १७ गते १७:०६     विकासन्युज

काठमाडौं । एसवाई बजार कम्पनीले फुटसल टुर्नामेन्टको आयोजना गर्ने भएको छ । कम्पनीले पहिलो पटक इन्टरकलेज फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको हो ।

विद्यार्थीहरूले आफ्नो पढाइ सँगसँगै खेलकुदमा सहभागिता बढाउँदा आफ्नो लक्ष्यमा पुग्न मद्दत गर्ने भएकाले फुटसल प्रतियोगिता आयोजना गर्न लागिएकाे एसवाई बजारका निर्देशक बिमलराज गोसाईले बताए ।

फुटसल प्रतियोगितामा निजी तथा सरकारी विद्यालयमा अध्ययनरत कलेज पढ्ने विद्यार्थीहरू सहभागी हुन सक्ने छन् ।

निर्देशक गोसाईका अनुसार फुटसल प्रतियोगिता ललितपुरको राष्ट्रिय खेलकुद केन्द्रमा जेठकाे २८ र २९ गते हुँदैछ । कम्पनीले सो फुटसल प्रतियोगितामा ३२ भन्दा बढी कलेजका विद्यार्थीको टिमको उपस्थिति रहने अपेक्षा राखेको छ ।

सो प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक कलेजले टिमको नाम कम्पनीमा दर्ता गर्नुपर्ने पनि गोसाईले बताए । टिम दर्ता जेठ ११ गते भित्र गरिसक्नु पर्ने छ भने दर्ता शुल्क ५ हजार रुपैयाँ लाग्ने उनकाे भनाइ छ ।

प्रतियोगितामा प्रथम हुने टिमले एक लाख, दाेस्राे हुनेले ५० हजार र तेस्रो हुने समूहले ३५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी तथा सर्वाधिक गोलकर्तालाई पनि पुरस्कृत गरिने गोसाईले विकासन्युजलाई बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.