संरक्षणको पर्खाइमा काठमाडौंका पार्क (फोटो फिचर)

  २०८० वैशाख १६ गते ११:०४     विकासन्युज

काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भएपनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन् । पार्कमा घुम्ने संस्कृति पछिल्लो समय बढ्दै गइरहेको पनि छ ।

भागदौडपूर्ण व्यस्त दिनचर्याबाट केही समय छुट्याएर आजकलका राजधानीवासी घुम्न निस्कन्छन् । लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् ।

तस्बिर स्रोत : न्युज एजेन्सी नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.