समता घरेलु लघुवित्तले माग्यो ठूलो संख्यामा कर्मचारी

  २०८० वैशाख १४ गते १६:४७     विकासन्युज

काठमाडौं । रोजगारी खोज्नेहरुको लागि खुसिको खबर छ । समता घरेलु लघुवित्तले ठूलो संख्यामा कर्मचारीहरुको माग गरेको छ ।

संस्थाले विभिन्न १० पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले अनुगमन तथा सुपरिवेक्षण विभाग, जोखिम विभाग, प्रशासन विभाग अन्तर्गत व्यवस्थापकीय अधिकृत पदमा १ जनाका दरले कर्मचारी माग गरेको छ ।

साथै, संस्थाले लेखा विभाग, वित्त विभाग, सूचना तथा प्रविधि विभाग लगायतका अन्य विभागमा वरिष्ठ सहायक पददेखि सहायक अधिकृत पदहरुमा १ १ जनाका दरले कर्मचारी माग गरेको छ । प्रशिक्षार्थी देखि अधिकृतसम्मका पदहरुका लागि केहि संख्यामा कर्मचारी माग गरेको छ ।

संस्थाले केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । संस्थाको अनुसार उक्त पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले एसएलसी देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने छ । अनुभवि, स्किलफुल तथा क्षमतावान उम्मेदवालाई बढी प्राथमिकता दिइने जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले संस्थाको वेवसाइट मार्फत सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिने लघुवित्तले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.