नेपाल पुनर्बीमासहित चार कम्पनीको बोनस सेयर सूचीकृत

  २०८० वैशाख १४ गते १२:३६     विकासन्युज

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा चार कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार मात्रै दुई इन्स्योरेन्स कम्पनी र दुई लघुवित्त वित्तीय संस्था गरी कूल चार वटा कम्पनीको बोनस सेयर सूचीकृत भएको हो ।

नेपाल पुनर्बीमा कम्पनी, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, डिप्रोक्स लघुवित्त वित्तीय संस्था र निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको गरी कूल एक करोड १७ लाख ७७ हजार कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

जसमध्ये नेपाल पुनर्बीमा कम्पनीको ५ प्रतिशत अर्थात ५८ लाख २५ हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, प्रुडेन्सियलको ३ लाख ९४ हजार ३९२ कित्ता (३.३२५ प्रतिशत), डिप्रोक्सको १० प्रतिशत अर्थात १३ लाख ८७ हजार ४९८ कित्ता र निर्धन उत्थानको १९ प्रतिशत अर्थात ४१ लाख ७० हजार ५४७ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.