सन्दिप लामिछानेको विश्व किर्तिमानी

  २०८० वैशाख ८ गते १४:१०     विकासन्युज

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दिप लामिछानेले विश्व रेकर्ड कायम गरेका छन् । उनले आईसीसी एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो १०० विकेट पूरा गरेर कीर्तिमान बनाएका छन् । उनले ४२ खेलमा १०० विकेट लिँदै विश्व रेकर्ड कायम गरेका हुन् ।

यसअघि यो कीर्तिमान अफगानिस्ताका स्पिनर रसिद खानको नाममा थियो । रसिदले २५ मार्च २०१८ मा उक्त सफलता हासिल गरेका थिए । रसिदले ४४ खेलमा १०० विकेट पूरा गरेका थिए । त्यसअघि अष्ट्रेलियाका मिचेल स्टार्कले २०१६ मा ५२ खेलमा १०० विकेट लिएका थिए ।

एसिसी मेन्स प्रिमियर क्रिकेट कप अन्तर्गत ओमानविरूद्धको खेलमा उनले एक विकेट लिएँसँगै उनको विश्वकिर्तिमानी गर्न १०० विकेट पुगेको हो । उनले एउटा विकेट लिएसँगै नेपालले ओमनविरुद्द दुई विकेट लिएको छ । नेपालका लागि पहिलो विकेट ललित राजवंशीले लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.