‘यूएचएस होल्डिङ्ग्सले घरको आयु बराबरका बहुराष्ट्रिय इन्टेरियर प्रडक्ट बिक्री गर्छ’

  २०८० वैशाख ८ गते ११:०५     विकासन्युज

यूएचएस होल्डिङ्ग्सका अध्यक्ष हुन् पुरुषोत्तम न्यौपाने । न्यौपानले वि.सं. २०६२ सालदेखि इन्टेरियरसम्बन्धी व्यवसाय सुरु गरेका हुन् । यूएचएस होल्डिङ्ग्स इन्टेरियर व्यवसायमा अग्रणी कम्पनी हो । कम्पनीले घरायसी तथा व्यवसायिक संस्थाका लागि आवश्यक पर्ने विश्व प्रख्यात ब्राण्ड नेपाली बजारमा सर्वसुलभमा बिक्री गरिरहेको छ । कम्पनीको बिक्री प्रबन्धक (सेल्स डाइरेक्टर) नवराज कार्की हुन् । वि.सं. २०७३ सालमा यूएचएस होल्डिङ्ग्स प्रवेश गरेका उनी ७ वर्षदेखि कम्पनीमा कार्यरत छन् । यसअघि सिप्रदी कम्पनीको चितवन एरिया सेल्स म्याजेरको रुपमा काम गरेका उनले इन्टेरियर प्रडक्ट सम्बन्धी अनुभव हासिल गरेका छन् । यूएचएस होल्डिङ्ग्समा बिक्री प्रबन्धकको जिम्मवारी पाएका कार्कीसँग विकासन्युजका सीआर भण्डारीले कुराकानी गरेका छन् ।

यूएचएस होल्डिङ्ग्सले इन्टेरियर क्षेत्रमा कुन-कुन ब्राण्डका सामान बिक्री गर्छ ?

वि.सं. २०६२ सालदेखि यूनिभर्सल होम सोलुसन (यूएचएस) का नामले निर्माण तथा घरायसी फिनिसिङ वस्तुहरु बिक्री वितरण गर्दै आएको छ । यूएचएस होल्डिङ्ग्सको नामबाट घरायसी तथा व्यवसायीक संस्थासँग सम्बन्धित सामाग्रीहरु खुद्रा तथा होलसेलमा बिक्री गरिरहेको छ । यूएचएस होल्डिङ्ग्सले रिटेल स्टोरबाट व्यवसाय सुरु गरेको हो । यो अवधिमा हामीले थुप्रै रिटेल काउन्टरहरु थपेका छौं । साथै, अन्य ब्राण्डहरु पनि थप्दै गयौं । मल्टिनेशनल र भारतीय कम्पनी गरी विभिन्न ९ वटा ब्राण्डको आधिकारिक बिक्रेता यूएचएस होल्डिङ्ग्स हो ।

ट्रोयगा ब्राण्डलाई छोटो अवधिमै देशभर २ सय भन्दा बढी डिलर मार्फत् विस्तार गर्याैं । त्यसको ४/५ वर्षपछि फ्याभर ब्राण्ड थप्न सफल भयौं । फ्याभर ब्राण्ड इटालियन कम्पनी हो । यस कम्पनीका ब्राण्डहरु भान्सासँग सम्बन्धित छन् । फ्याभरमार्फत् भान्सासँग सम्बन्धित चिम्नी, चुला, ओभन, माइक्रो ओभन, डिस्चार्जर लगायत वस्तुहरुको बिक्री गरिरहेका छौं । यो मल्टिनेशनल कम्पनी भएपनि दक्षिण एशियामा भारतबाट बिक्री वितरण भइरहेको छ । फ्याभर ब्राण्डका प्रडक्टहरु काठमाडौंको टेकु, कुमारीपाटी, पेप्सीकोला, कमलादी लगायतका ४ वटा ठाउँमा स्टोरमार्फत् बजारमा उपलब्ध गराइ रहेका छौं । साथै, नारायणगढ, पोखरा र बुटवल लगायतका सहरहरुमा एस्कुलिसिभ सोरुममार्फत् उपत्यका बाहिर सेवा दिइरहेका छौं ।

बहुर्राष्ट्रिय ब्राण्ड हाफलेलाई २ वर्षअघि मात्रै नेपाल भित्र्याइएको हो । नेपाली बजारमा हाफले ब्राण्डको आधिकारिक बिक्रेता यूएचएस होल्डिङ्ग्स हो । हाफले ब्राण्डका भान्सा तथा प्रोजेक्टसँग सम्बन्धित प्रडक्टहरु छन् । हाफले जर्मन ब्राण्ड हो । साथै, हामीले भारतीय कम्पनीका वेस्टाइड ब्राण्ड, ज्याकोजी, बाक्टभ, सोना, ओभरसेट सावल प्रडक्टहरुको पनि बिक्री वितरण गर्दै आएका छौं । जर्मनीकै अर्नेसिया ब्राण्ड, फ्लोरिङका लागि मिलानो ब्राण्डको आधिकारीक बिक्रेता पनि यूएचएस होल्डिङ्ग्स नै हो । यूएचएस होल्डिङ्ग्सले एउटा घरको लागि आवश्यक पर्ने बाथरुम, भान्सा तथा इन्टेरियल सामाग्री उपलब्ध गराइरहेको छ ।

यूएचएस होल्डिङ्ग्सबाट बिक्री हुने प्रडक्टहरुको मूल्य कति छ ? एउटा घरको लागि चाहिने सम्पूर्ण सामाग्री खरिद गर्दा लागत कति लाग्छ ?

हामीसँग मान्छेको बजेट र प्योकज अनुसारको प्रडक्टहरु छन् । प्रडक्टहरुको ब्राण्ड, गुणस्तर, क्याटागोरी, सिरिज वाइज मूल्य फरक–फरक छ । सामान्यतया एउटा मान्छेले उच्च गुणस्तर (प्रिमियम)मूल्यको सामाग्री प्रयोग गर्ने हो भने १५ लाखदेखि १ करोडभन्दा माथिका प्रडक्टहरु हामीसँग उपलब्ध छन् । मूल्य यति नै पर्छ भनेर फिक्स हुँदैन । प्रडक्टलाई कस्टमाइज गर्न सकिन्छ । हामीले उपलब्ध गराउने प्रडक्टहरुको मूल्य ‘स्पेसिफिक’ छैन । मान्छेको घरको आकार र बजेट अनुसारका प्रडक्ट पनि उपलब्ध छन् ।

यूएचएस होल्डिङ्ग्सले बिक्री गर्ने प्रडक्टका ग्राहकहरु ब्यक्ति धेरै छन् की कर्पाेरेट हाउस ? 

हामीले दुई तरिकाबाट विजनेश गरिरहेका छौं । हामीले सोरुम राखेर रिटेल गरिरहेका छौं भने अर्काे होलसेलमार्फत् डिलरको काम गर्छाैं । त्यसैले हामीसँग दुइटै खालका ग्राहकहरु हुनुहुन्छ । हामीले सुरुवातमा रिटेल मार्फत् विजनेश गरेको थियौं । ग्राहकहरु आफैं प्रत्यक्ष आएर सामाग्रीहरु खरिद गरिरहनु भएको छ । अहिले नेपालभरि २ सय भन्दा बढी डिलर नेटवर्कमार्फत कर्पारेट हाउसलाई बिक्री वितरणको काम पनि हामीले गरिरहेका छौं । व्यवसायिक र ब्यक्तिगत ग्राहकहरु ५०/५० प्रतिशत छन् । अहिले डिलर नेटवर्कमा कर्पारेट हाउस हुने भएकाले कारोबार बढी भएको देखिन्छ । किनभने उनीहरुको भोलुम पनि बढी हुन्छ ।

सबैभन्दा धेरै विजनेश काठमाडौंमा छ । त्यसपछि पोखरा, नारायणगढ, बुटवल, इटहरी, हेटौडा, दाङ, धनगढी, विरगञ्ज, नेपालगञ्ज, सुर्खेत लगायत मुख्य सहरहरुमा पनि राम्रो विजनेश भइरहेको छ । हामीले पूर्वदेखि पश्चिमसम्मका सबै सहरहरुमा यूएचएस होल्डिङ्ग्स मार्फत् इन्टेरियल प्रडक्टहरु उपलब्ध गराइरहेका छौं । फ्याभर ब्राण्ड घरसँग सम्बन्धित छन् भने हाफले ब्राण्ड प्रोजेक्टमा आधारित छन् । नेपालमा सञ्चालन भएका पाँचतारे होटलहरुमा हाफले ब्राण्डका प्रडक्टहरु प्रयोग भइरहेका छन् । टायल, सेनेट्री, धारा, कम्बोड सबै घरका लागि आवश्यक पर्ने प्रडक्टहरु हुन् । सामान्य घरहरुमा पनि यी प्रडक्ट प्रयोग भइरहेका हुन्छन् । कर्पाेरेट र ब्यक्तिगत ग्राहक अनुसार छुट्टाछुट्टै ब्राण्डका प्रडक्ट हामीसँग उपलब्ध छन् । ब्यक्तिगत ग्राहकहरु धेरै भएपनि कारोबारका आधारमा कर्पाेरेटमा बढी हुन्छ ।

पछिल्लो समय भवन तथा निर्माण क्षेत्र सुस्ताएको छ । यस्तो अवस्थामा ब्यापार व्यवसायमा कस्तो असर परेको छ ? 

अहिले समग्र बजार नै सुस्ताएको छ । वित्तीय क्षेत्र समस्यामा छन् । निर्माणसम्बन्धी कामहरु कम भएका छन् । जसले गर्दा इन्टेरियल ब्यापार व्यवसायमा पनि प्रत्यक्ष असर परेको छ । निर्माण सम्बन्धी कार्य कम भएकाले सप्लाइ पनि कम भएको छ । अहिले किराना पसलदेखि ठूला ब्यापारिक संस्थाहरुको व्यवसायमा नै गिरावट आएको छ । त्यसैले जुन रेसियोमा ब्यापार हुनु पर्ने हो त्यो रेसियोमा हुन सकेको छैन ।

हाम्रा प्रडक्टहरु प्रिमियम भएकाले जो ग्राहकहरुलाई आवश्यक पर्छ उहाँहरुले जुनसुकै समयमा पनि खरिद गरिरहनु भएको छ । तर, कोभिड अघिको व्यवसाय र कोभिड पछिको व्यवसायमा ठूलो ग्याप छ । पहिला ब्यापार मनलाग्दी थियो भने अहिले सुस्ताएको छ । आर्थिक मन्दीका कारण माग घटेको छ । बजार विस्तार गर्न अहिले कठिन छ । ५० प्रतिशत व्यवसाय घटेको छ । अघिल्ला वर्षहरुमा ६०/७० प्रतिशतसम्म विजनेश ग्रोथ हुन्थ्यो । अहिलेको यो अवस्थाले भविष्यमा के होला भन्ने चिन्ता छ ।

यूएचएस होल्डिङ्ग्सले बिक्री वितरण गर्ने प्रडक्टहरुको गुणस्तर कस्तो छ ? 

मल्टिनेशन कम्पनीका प्रडक्टहरु गुणस्तर उच्च हुन्छ । विश्वव्यापी बिक्री गर्ने भएकाले गुणस्तरीयतामा कुनै कम्प्रमाइज हुँदैन । साथै, भारतीय ब्राण्डहरुको पनि उच्च गुणस्तर हुन्छ । आजको दिनसम्म हामीले बिक्री गरेका प्रडक्टहरुको गुनासो सुन्नु परेको छैन । कतिपय प्रडक्टहरुमा बिक्रीपश्चात् पनि सेवा दिइरहेका हुन्छौं । हाम्रो सर्भिस डिपार्टमेन्ट (यूएचएस केयर डिपार्टमेन्ट)ले नेपालभरि नै सेवा दिइरहेको छ । त्यसैले पनि नकारात्मक प्रतिक्रिया सुन्नु परेको छैन । ब्राण्ड र प्रडक्टअनुसार न्यूनतम २ सयदेखि २ हजार ५ सय रुपैयाँसम्म सेवा शुल्क लिन्छौं ।

यूएचएस होल्डिङ्ग्सले कस्ता अफर वा स्कीम ल्याउँछ ? 

हरेक वर्ष स्कीम वा अफर सार्वजनिक गरेका हुन्छौं । विशेषगरी नयाँ वर्ष र दशैं तिहारमा विशेष स्कीम ल्याउँछौं । साथै अफ सिजनमा पनि स्कीमहरु ल्याएका हुन्छौं । प्रत्येक क्वार्टरमा पनि स्कीम ल्याइरहेका हुन्छौं । अहिले नयाँ वर्षमा ग्राहकहरुलाई नयाँ स्कीम चलिरहेको छ । फरक–फरक बाण्डको फरक–फरक स्कीम छन् । ग्राहकहरुलाई आकर्षण गर्नका लागि नै स्किम ल्याउने हो । स्मिकमा सामान खरिद गर्दा ग्राहकहरुलाई फइदा नै छ ।

बजारमा तपाईंको प्रतिस्पर्धी को हो ? 

हामीले होल्ड गरेका ब्राण्डहरु अरु कसैले पनि बिक्री वितरण गर्दैन । नेपालका लागि आधिकारिक बिक्रेता यूएचएस होल्डिङ्ग्स मात्रै हो । हामीले बिक्री गर्ने ब्राण्डमा एकल प्रतिस्पर्धी हो । तर, यो क्षेत्रसँग सम्बन्धीत विभिन्न ब्राण्डका प्रडक्टहरु बजारमा छन् । तर, हामीले बजार विस्तारमा जोड दिएका छौं । फ्याभरको प्रिमियम ब्राण्डमा कोही पनि प्रतिस्पर्धी छैन । अरु ब्राण्डहरु आउनेक्रम जारी छ । आजको दिनमा फ्याभर, हाफले ब्राण्डका अरु प्रतिस्पर्धी नै छैनन् । हामीले बिक्री वितरण गरिरहेका ब्राण्डहरुमा हामी नै लिडिङ पोजिसनमा छौं ।

यूएचएस होल्डिङ्ग्सबाटै इन्टेरियर प्रडक्ट किन खरिद गर्ने ? उपभोक्तालाई के फाइदा हुन्छ ? 

उपभोक्ताहरुले प्रिमियम प्रडक्टहरु सस्तो मूल्यमा पाउनु हुन्छ । साथै, उपभोक्ताहरुले उत्कृष्ट सेवा पाउनु हुन्छ । घर बनाउने भनेको एकपटक हो । बजारमा कमसल किसिमका सामानहरु प्रयोग गर्दा समस्या आउन सक्छ । तर, हाम्रा प्रडक्ट एक चोटी प्रयोग गर्याे भने लामो समयसम्म टिकाउ हुन्छन् । सबै प्रडक्टहरु अन्तर्राष्ट्रिय रुपमा मापन भएर आएका हुन्छन् । जति घरको आयु छ त्यति नै आयु हामीले बिक्री गरेका प्रडक्टहरुको हुन्छ । यदि केही समस्या आउने बित्तीकै तत्काल समाधानका लागि सेवा दिएका छौं । हाम्रा प्रडक्टहरु एकचोटी प्रयोग गरेपछि पटक पटक फेरिरहनु पर्ने बाध्यता हुँदैन ।

सर्वसाधारणको पहुँचयोग्य छन् की छैनन् ? 

आर्थिक अवस्था कमजोर भएका ग्राहकहरुले पनि हाम्रा प्रडक्ट खरिद गर्न सक्नु हुन्छ । हामीले बिक्री वितरण गर्ने प्रडक्टहरु निम्न वर्गदेखि उच्च वर्गका ग्राहकहरुले खरिद गर्न मिल्ने गरी मूल्य तोकिएको हुन्छ । न्यूनतम मूल्यमा घर बनाएको छ भने उक्त घरका लागि आवश्यक पर्ने गरी मूल्य तोकिएको हुन्छ । सबै ग्राहकलाई लक्षित गरेर प्रडक्टको मूल्य कायम गरिएको हुन्छ ।

ब्यापार विस्तार गर्ने आगामी योजना के–के छन् ? 

हामीले अहिले नेपालभरी नै रिटेल स्टोरहरु विस्तार गरिरहेका छौं । यसबाहेक साना सहरहरुमा पनि डिलर नेटवर्क मार्फत जाने तयारीमा छौं । अहिले आर्थिक मन्दीका कारण सबै ठाउँमा विस्तार गर्न सकेका छैनौं । तर, केही समयपछि नेपालका कुना कुनामा सबैले सहज तरिकाले खरिद गर्ने वातावरण बनाउँछौं ।

पछिल्लो समय वस्तुहरुको माग किन घट्यो ? 

अस्थिरता धेरै भएका कारण माग घटेको हो । सरकार पनि परिवर्तन भइरहेको छ । सरकार परिवर्तन हुने बित्तीकै नीति नियम के हुने भनेर स्पष्ट छैन । साथै, निर्माण कार्य पनि सुस्त भएकाले माग घटेको हो ।

कति समयमा मूल्य परिवर्तन गर्नु हुन्छ ? 

हामीसँग उपलब्ध भएका ब्राण्डहरुको मूल्य हरेक महिना परिवर्तन हुँदैन । मल्टिनेशन ब्राण्डहरुले पूर्व जानकारी गराएर मूल्य तोकेर पठाउँछन् । २/४ वर्षको अन्तरमा मूल्य परिवर्तन हुन्छ । अन्य क्षेत्रको जस्तो आजको भोलि नै मूल्यमा तलमाथि भइराख्ने हुँदैन ।

सरकारले के गर्याे भने यो क्षेत्र सहज हुन्छ ? 

सरकारले लगानी गर्न स्पष्ट नीति बनाउनुपर्छ । दीर्घकालका लागि नीति नियम ल्यायो भने सहज हुनेछ । लगानीकर्ताहरुलाई दीर्घकालका लागि लगानी गर्ने वातावरण छैन । सरकार कहिले परिवर्तन हुन्छ भन्ने टुंगो नै छैन । सरकार परिवर्तन भएपछि नीति नियम पनि परिवर्तन गर्ने गरेका छन् । साथै, नीजि क्षेत्रलाई हेर्ने नजरमा पनि परिवर्तन गर्न जरुरी छ ।

ब्याजदर उच्च हुँदा कस्तो असर गर्याे ? 

ब्याजदर उच्च हुँदा भयानक असर गरेको छ । ब्याजदर नियन्त्र गर्न जरुरी छ । बैंकले ब्याजदर बढाएर ब्यापारीसँग पैसा मात्रै असुलेको छ । उद्योगी व्यवसायीहरुले ब्याज मात्रै तिर्नु परेको छ । बैंक तथा वित्तीय संस्था, राष्ट्र बैंक र सरकारले येस क्षेत्रलाई सहजीकरण गर्नुपर्छ । एकजनालाई अफ्ठ्यारो पारेर अर्काेलाई सहज हुने गरी नीति नियम बनाइरहेका छन् । अब सबै क्षेत्रलाई सहज हुने गरी नीति नियम बन्नुपर्छ । नयाँ र पुराना उद्योगी व्यवसायीहरुलाई काम गर्ने वातावरण हुनुपर्छ ।

विदेशी प्रडक्ट आयातमा कडाइ आवश्यक छ ? 

सरकारको भिजन स्पष्ट छैन । प्रिमियम प्रडक्टहरु थोरै आयात हुन्छन् । प्रिमियम प्रडक्ट आयात बन्द गरेर मात्रै सुधार हुँदैन । किनभने प्रिमियम प्रडक्ट स्वदेशमै उत्पादन गर्न सकिँदैन । खाद्यजन्य वस्तुहरु आयात गर्नुपरेको छ भने अन्य वस्तुहको हालत झनै गाह्रो हुन्छ । अन्य वस्तुहरुको तुलनामा यी बस्तुहरु कम आयात हुने गरेका छन् । प्रिमियम वस्तुहरु खरिद गर्ने मान्छे पनि थोरै छन् । त्यसैले आयात पनि कम हुन्छ ।

यी वस्तुहरु विलासिता भित्र पर्दैनन् । घरमा खाना पकाउने चुलो आवश्यक नै पर्छ । चुलो प्रयोग गरेपछि ग्यास फ्याक्ने स्मोकर र चिम्नी चाहियो । घरमा टायल लगाउनै पर्याे । धारा राख्नै पर्याे । यी वस्तुहरु आधारभूत आवश्यकताभित्र पर्छन् । त्यसैले यी प्रडक्ट विलासीता भित्र पर्दैनन् ।

यी सामाग्रीहरु स्वदेशमै उत्पादन गर्न सकिन्छ । अहिले टायल नेपालमै विरगञ्जमा टायल उत्पादन भएर केही सहज भएको छ । भारतबाट आउने टायल आयातमा केही ब्रेक लाग्न सक्छ । अरु देशले उत्पादन गर्न सक्ने नेपालले उत्पादन गर्न नसक्ने भन्ने हुँदैन । तर, सरकारको नीति, दीर्घकालका लागि नीति बनाउनुपर्छ । भारत, श्रीलङ्का, चाइना, इजरायल लगायतका देशहरुबाट अहिले आयात गरिरहेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.